लण्डन / गैरआवासीय नेपाली अभियन्ता गौरी जोशीले सर्वाेच्च अदालतको निर्णयपछि एनआरएनएमा अन्यौलता छाएको प्रतिकृया दिएका छन् ।एनआरएनए अन्तरराष्ट्रिय समन्वय परिषदमा दुई कार्यकालका महासचिव गौरी जोशीको स्वागतार्थ शुक्रवार यूकेमामा आयोजना गरिएको कार्यक्रममा उनले कार्यसमितिले कुनै निर्णय र काम गर्न नसकिएको अवस्था रहेको बताए ।
उनले अदालतको निर्णय बाध्यकारी भएकोले फैसलाको पूर्ण पाठ आएपछि सबै मिलेर जानुपर्ने धारणा व्यक्त गरे ।
पारिवारिक भ्रमणको शिलशिलामा बेलायत आएका जोशीलाई शुक्रबार साँझ गोर्खा प्यालेस रेष्टुरेन्ट फार्नबरोमा जोशीलाई समाजका अभियन्ताहरुले सम्मान गरेका थिए ।
एनआरएनए यूकेका पूर्व अध्यक्ष एवम् समाजसेवी सूर्य गुरुङ , अभियान्ताहरु शेर सुनार, एनआरएनए युकेका अध्यक्ष हितकाजी गुरुङ, शिव कल्चरल एण्ड कम्यूनिटी सेन्टरका अध्यक्ष विक्रम भट्टराईले लगायले अहिलेको अवस्थामा अभिभावकत्व संस्थालाई नेतृत्व प्रदान गर्न सुझाए ।एनआरएनए यूके आइसीसी सदस्य दिलराज गुरुङले संचालन गरेको उक्त कार्यक्रममा एनआरएनए अभियन्ता योगेन क्षेत्री, हेम गुरुङ, प्रसुना कंडेल, कमल कोने गुरुङ, बीरेन खड्का र पत्रकारहरु वाचस्पति रेग्मी , निरेन्द्र बस्नेत र दनेश कुमार परियार लगायतको उपस्थिति थियो ।