केरला पर्यटनले आयोजना गरेको अन्तर्राष्ट्रिय पराग्लाइडिङ उत्सवमा नेपालका अमन थापाले प्रतियोगितामा दोस्रो स्थान प्राप्त गरेका छन्। उनले प्रतियोगितामा १ लाख रुपैयाँको नगद पुरस्कार जिते।
मार्च १४ देखि १७ सम्म वागामनमा भएको अन्तर्राष्ट्रिय पराग्लाइडिङ प्रतियोगितामा हिमाचल प्रदेशबाट सुशान्त ठाकुरले पहिलो स्थान प्राप्त गरेका थिए र उनलाई डेढ लाख रुपैयाँको नगद पुरस्कार प्रदान गरिएको थियो।
उत्सवमा भारतबाट ८७ प्रतियोगी र ७ अन्य देशहरूबाट प्रतियोगिता सहभागि थिए । अन्तर्राष्ट्रिय प्रतियोगितामा अधिकांश प्रतियोगी फ्रान्स, जर्मनी, इटाली, न्यूजिल्यान्ड, अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, र नेपालबाट थिए।