लण्डन । काठमाण्डौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले विदेशमा रहेका नेपालीहरुलाई सांस्कृतिक संगै आर्थिक रुपमा देशसंग जोड्नु पर्ने बताएकी छन् ।
नेपाली दूतावास लण्डनद्वारा मंगलबार आयोजिक अन्र्तकृया कार्यक्रमलाई सम्बोधन गर्दै डंगोलले नेपालीहरु बेलायतमा साँस्कृतिक रुपमा जोडिएकोमा प्रशंसा गर्र्दै आर्थिक रुपमा बढी जोडिन आग्रह गरेकी हुन् ।
डंगोल मेन्चेस्टर शहरमा आयोजित ४ दिने ‘वाउ वुमन अफ दि वर्ल्ड’ विश्व महिला सम्मेलनमा भाग लिन बेलायत आएकी हुन् । २४ देखि २६ मे सम्म म्यान्चेटरमा भएको कार्यक्रममा अष्टेलियाका प्रधानमन्त्री जुलिया गिलार्ड लगायत प्रभावकारी महिलाहरुको सहभागिता थियो ।
उनले नोभेम्वरमा वाउ काठमाण्डौं गरिने जानकारी दिंदै बेलायतका नेपालीहरुसंगलाई आर्थिक रुपमा जोडिन काठमाण्डौं महानगरपालिकाले सहयोग गर्ने बचन दिईन ।
कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले गणतन्त्रको जगमा नयाँ संविधान, लोकतान्त्रिक बहुदलिय गणतन्त्र, संघियता, प्रेसस्वन्त्रता, समावेशीता, मानवअधिकारको ग्यारेन्टी र आर्थिक सामाजिक लक्ष तय भएको विचार व्यक्त गरे ।
कार्यक्रममा बेलायतस्थित विभिन्न समाजिक संघसंस्थाका प्रतिनिधि, पत्रकार, बुद्धिजीवी, बिभिन्न पेशमा संलग्न व्यक्तित्व लगायतको उपस्थिति थियो ।