लण्डन/ एशियन करी अवार्ड्समा नेपाली सेफ सरोज थपलिया तेश्रो रनरअप भएका छन् । उनले पानस रेस्टुरेन्टबाट नेपाली खानालाई प्रतिनिधित्व गरेका थिए ।
सोमबार वेष्ट लण्डन युनिभर्सिटिीमा भएको एशिएन एण्ड ओरिएन्टल सेफ अवार्डमा पहिलो फरेष्ट हिल लण्डनमा रहेको बबुर रेष्टुरेन्टका जीवल लाल र द कुक्स टेल, दोश्रो रनरअप क्यान्टेबुरीका देव बिश्वाल भए ।
प्रतियोगितमा नेपाली सेफ सरोजले झोल मःमःएपेटाइजर र फर्सी मासु (खसीको मासु करी) खाना प्रस्तुत गरेका थिए । उनको खानाको बुझन र प्रर्दशन गर्न सक्ने क्षमताले नौजना निर्णायकहरुको प्यानललाई प्रभावित गर्यो। उनले उनले २०२४ को वर्षको उत्कृष्ठ नेपाली शेफको उपाधि पनि हात पारे।
निर्णाएक सेफ बिनोद बरालले नेपाली खाना ग्लोबल एरेनामा प्रबेश गरेकोले गर्व महशुस भएको बताए । उनले मःमःलाई अन्तराष्र्टिए रुपमा नेपाली खानाको रुपमा प्रस्तुत गर्न यस्ता प्रतियोगिताहरु उपयोगी हुने जिकीर गरे ।
प्रतियोगितामा बिभिन्न राउण्डमा बेलायतभरिबाट फाईनलका लागि ९ जना सेफहरु छानिएका थिए ।
प्रतियोगिता एशिएन क्याटरिंग फेडरेसनले आयोजना गरेको हो । प्रतियोगितामा सेफ बाराल बाहेक ख्याति कमाएका सेफहरु , टोनी खान , थोमस च्यान , राजेश शुरी , स्टीभ गोम्स , जर्ज शा , शाहागीर फारुक , रिया एम्बर टेशिया , केन वान, टेडडी केसी च्यान निर्णाएक थिए ।