काठमाडौँ । सात पटकको च्याम्पियन भारतले एसिया कप क्रिकेटको सोमबार खेलिएको खेलमा नेपाललाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा १० विकेटले हराएको छ ।
बर्षाको कारण लामो समय खेल अवरुद्ध भएपछि भारतले २३ ओभरमा जितका लागि एक सय ४५ रन बनाउनु पर्ने गरी नयाँ लक्ष्य पाएको थियो । भारतीय टोलीले उक्त लक्ष्य २०.१ ओभरमा कुनै पनि विकेट नगुमाई पुरा गरेको थियो । भारतका लागि कप्तान रोहित शर्माले अविजित ७४ र शुभमन गिलले अविजित ६७ रनको योगदान गरे ।
भारतविरुद्दकाे खेलमा ओपनर ब्याट्सम्यानद्वय कुशल भुर्तेल र आसिफ शेखले ६५ रनको साझेदारी गरेका थिए । दुबै ब्याट्सम्यानले सम्हालिएर ब्याटिङ गर्दै नेपाललाई गतिलो सुरुआत दिलाएका थिए । खेल पटक—पटक वर्षाले अवरुद्ध हुँदै पुनः सुरु भएको थियो ।
पहिलो पटक एसिया कपजस्तो महत्वपूणर् प्रतियोगिता खेलिरहेको नेपाली टोलीका खेलाडीको हौसला बढाउन सयौंको सँख्यामा समर्थकहरु श्रीलंका पुगेका थिए ।