लण्डन – तमुधीं यूकेको नयाँ अध्यक्षको रूपमा जुमकाजी गुरुङ सर्वसम्मत चयन भएका छन्।
शनिवार सम्पन्न १३ औं साधारण सभामा जुमकाजी गुरुङको एकमात्र उम्मेदवारी परेकोले उनी निर्विरोध निर्वाचित भएका हुन्।
१३ औं साधारण सभाले २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। नयाँ कार्यसमितिको उपाध्यक्षमा परशु गुरुङ, कमल गुरुङ र दिलमाया गुरुङ चयन भएका छन्।
यसैगरी, महासचिवमा डा. बिशाल गुरुङ, सचिवमा बिमल गुरुङ, कोषाध्यक्षमा अरुण गुरुङ, सहकोषाध्यक्षमा प्रेमराज गुरुङ, खेलकुद प्रमुखमा क्याप्टेन दीपक घले, सांस्कृतिक सचिवमा श्रीमति पार्वती गुरुङ, सहसांस्कृतिक सचिवमा श्रीमति बिनु गुरुङ र संचार सचिवमा एसके गुरुङ चयन भएका छन्।
साधारण सभाले अन्य विभागीय प्रमुखहरू पनि चयन गरेका छन्। युवा विभागको प्रमुखमा राजेन्द्र गुरुङ, सम्पत्ति विभागमा दीपक गुरुङ, कल्याणकारी विभागमा कुमार घले र फोटोग्राफरको रूपमा मिलन तमु चयन भएका छन्।
पर्वत जिल्लाको भुकोःतान्ग्ले गाउँका जुमकाजी गुरुङ पुर्व गोर्खा सैनिक इन्जिनियर हुन् । सन् १९९७ मा गोर्खा सैनिकबाट अवकाश पाएपछि गुरुङ तमुधीँ ह्याम्प्सर इकाइको साधारण सदस्य हुँदै एक कार्यकाल उपाध्यक्ष , दुई कार्यकाल अध्यक्षको रूपमा , तमुधीं यूकेको कोषाध्यक्ष, दुई कार्यकाल उपाध्यक्ष र एक कार्यकाल वरिष्ठ उपाध्यक्षमा रहेर समुदायमार्फत समाजसेवाका सत्रृmय रहंदै आएका थिए ।
https://nepalbritain.com/wp-content/uploads/621d05c1-bd1f-4019-988b-5adf6586fc4a.jpeg
https://nepalbritain.com/wp-content/uploads/6a7fe44b-7159-441b-907a-2fa017d3c8dd.jpeg