दिनेश कुमार परियार, लण्डन
नेपाली धावक गोपीचन्द्र पार्कीले लन्डन म्याराथनमा दौड पूरा गरेका छन्। धावक पार्कीले निर्धारित दूरी २ घण्टा २२ मिनेट ३१ सेकेण्डमा पार गर्दै दौड पूरा गरेका हुन्।
गत मंसिरमा भएको नेपालगन्ज म्याराथन विजेता बनेसँगै गोपीले लन्डन म्याराथनमा भाग लिने मौका पाएका थिए।
विश्वका शीर्ष ६ म्याराथनमध्येको एक लन्डन म्याराथनमा नेपालगन्ज म्याराथन र नेपाल रन युकेको सहकार्यमा गोपीले दौडने मौका पाएका थिए।
गोपीले यसअघि बर्लिन म्याराथनमा पनि भाग लिएका थिए। उनी जस्तै बेलायतमा स्थायी बसोबास गर्ने करीव एक सय ५० जना भन्दा नेपालीले पनि लण्डन म्याराथनमा भाग लिएका थिए ।
संसारभरबाट पचास हजार धावकहरुले भाग लिएको म्याराथनमा पुरुषतर्फ केन्याका अल्याक्ज्यान्डर म्युतिसो र महिलातर्फ केन्याकै पेरेस जेपचीरचीर सर्वोत्कृष्ठ भए ।