लन्डन / नेपाली ब्रिटिश कम्युनिटी यूके (एनबीसी यूके) ले क्यान्सर रोगबारे जनचेतना जगाउने उद्देश्यले नोभेम्बर ३०, शनिबार बिहान १० देखि १२:३० सम्म विशेष वेबिनार आयोजना गर्ने भएको छ।
एनएचएसको सहकार्यमा हुने यस कार्यक्रमले क्यान्सरका कारण, लक्षण, प्रारम्भिक परीक्षण र उपचारको महत्त्व, रोकथामका उपाय, तथा जीवनशैलीमा आवश्यक परिवर्तनबारे विस्तृत जानकारी दिनेछ।
कार्यक्रममा प्रमुख वक्ताका रूपमा डा. प्रज्ञा खनाल (क्लिनिकल अन्कोलोजिस्ट), सुनिता बोहोरा कार्की (हेड अफ नेक क्यान्सर युनिट), सृजना कोइराला (एनएचएस म्याटरनिटी कम्युनिटी म्याट्रोन), र प्रभु न्यौपाने (स्वास्थ्य विज्ञ तथा क्यान्सर रिसर्च प्रशिक्षक) रहनेछन्।
वेबिनारले समुदायमा क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।