लन्डन — अन्तर्राष्ट्रिय कानुनविद् प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीको जीवनी लन्डनमा विमोचन गरिएको छ। बेलायतस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल तथा एनआरएनएका पूर्व सल्लाहकार कुल आचार्यले प्रा. सूर्य सुवेदी महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्मु नामक पुस्तक बिमोचन गरेका हुन्।
लण्डनको व्यस्त क्यानिंग टाउनको होली काउ रेष्टुरेन्टमा शनिबार सो पुस्तको बिमोचन भएको हो ।
बेलायतमा रहेका पत्रकार नवीन पोखरेल तथा बीबीसीका पूर्व पत्रकार भगीरथ योगीले लेखेको पुस्तक यसअघि नेपालमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकार्पण गरेका थिए ।
साउथ एसिया टाइम अनलाइनद्वारा आयोजित कार्यक्रममा पुस्तकको बारेमा बोल्दै अक्सफोर्ड विश्वविद्यालयसँग आवद्ध अनुसन्धानकर्ता कृष्ण अधिकारीले बझांगी राजा जयपृथ्वीबहादुर सिंहको जीवनीसंग तुलना गर्दै प्रा सुवेदीको जीवनी रोचक र प्रेरणादायी रहेको बताए।
कार्यक्रममा बार्नेट काउन्सिलका पूर्व डेपुटी मेयर लक्ष गुरुङ, कन्सलट्यान्ट नर्स सुमन श्रेष्ठ एमबीइ, डा कपिल रिजाल, उद्यमी योगेन क्षेत्री, फेशन डिजाइनर संयुक्ता श्रेष्ठ, गायिका सितु खरेल, एनआरएन अभियन्ता दयानिधि सापकोटा, कलाकार गोविन्द साह ुआजाद’, लगायत समाजका विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तित्व र प्रायोजकहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा सम्मानार्थ बोलाईएका सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान कायम गरेका ुडबल अबभ नी एम्पुटी’ भूतपूर्व गोर्खा हरि बुढामगर, गोर्खा अभियानकर्ता ज्ञानराज राई, उद्यमी उत्तम नेपाल, समाजसेवी रविन्द्र जंग लामिछाने, द मेक्सवर्थ फाउन्डेशनका संस्थापक सञ्जय शाह भने अनुपस्थित रहे ।