काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार काठमाडौंमा “प्रा. सूर्य सुवेदी महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म” नामक पुस्तक लोकार्पण गरेका छन्।
उनले कार्यक्रममा प्रा सुवेदीले नेपालको संविधान निर्माण, नेपालले विगतमा विश्वका विभिन्न मुलुकहरूसँग गरिएका सन्धि सम्झौताहरूको पुनरावलोकनबारे मैले सहयोग गरेकोमा प्रशंसा गर्दै एमसीसी सम्झौतामा मध्यमार्गी विकल्प दिएको सम्झना गरे ।
लोकार्पण समारोहलाई सम्बोधन गर्दै बेलायतको लिड्स विश्वविद्यालयमा अन्तरराष्ट्रिय कानूनका प्राध्यापक डा सुवेदीले नेपालको लोकतान्त्रिक आन्दोलन, कम्बोडियाको शान्ति प्रक्रिया र अन्तर्राष्ट्रिय कानुनका क्षेत्रमा आफूले बटुलेको अनुभव र ज्ञान नेपाल र नेपालीको हितका लागि उपयोग गर्न आफू सधैं तत्पर रहेको बताए।
बेलायतलाई कार्यथलो बनाएका पत्रकारद्वय भगीरथ योगी र नवीन पोखरेलले लेखन तथा सम्पादन गरेको उक्त पुस्तक बुक हिलले प्रकाशन गरेको हो। पेपरब्याक संस्करणमा प्रकाशित पुस्तकको मूल्य ८०० रुपैयाँ छ ।
कार्यक्रम संचालन बुक हिलका प्रकाशक कवि तथा पत्रकार भूपेन्द्र खड्काले गरेका थिए।