लन्डन। बेलायतमा रहेका पत्रकारहरुले बेलायतका लागि नवनियुक्त नेपाली राजदूत चन्द्र कुमार घिमिरेलाई स्वागत गरेको छन्। शनिवार राजदूत घिमिरेलाई पत्रकारहरुको एक समूहले दूतावास भवनमा स्वागत गरेका हो ।
कार्यक्रममा बेलायतमा कार्यरत नेपाली पत्रकारहरु नबिन पोखरेल , नरेन्द्र बस्नेत , नरेश खपांगीमगर र बिमला सेने लगायतका पत्रकारहरुको उपस्थिति थियो ।
परिचयात्मक कार्यक्रमपछि बोल्दै राजदूत घिमिरेले बेलायतका पत्रकारहरू पत्रकारितामा सक्रिय र सशक्त रहेको थाहा पाउँदा खुशी लागेको बताए।
नेपाल पत्रकार महासंघ वेलायत शाखामालाई अधिवेसन नगर्न केन्द्रले गरेको आव्हानका बाबजुद पनि एकतर्फी निर्वाचन मार्फत गठित कार्यसमिति बिबादित रहँदै आएको छ ।
यता नेपाल प्रेस यूनियन यूके शाखाका अध्यक्ष विपिन निरौलाले भने बिज्ञप्तिमार्फत संस्थाको विवादमा दूतावासलाई नफस्न आग्रह गरेका छन्।