लन्डन । यती नेपाली एसोसिएसन यूकेको अधिवेशनमा युवा व्यवसायी टंक भट्टराईले उम्मेद्वारी घोषणा गरेका छन् । मे ४ तारिख आइतबार लन्डन साउथ ह्यारोको फुटबल क्लवमा संस्थाको ३१ औं अधिवेशन हुने भएपछि उनले उम्मेद्वारी घोषणा गरेका हुन् ।
युरोपकै सबैभन्दा पुरानो सामाजिक संस्थामा भट्टराईले युवा उम्मेदवारको रूपमा आफूलाई प्रस्तुत गरेर चुनाबी मैदानमा जिकीर गरेका छन् ।नेपालको झापा जन्मेका भट्टराई बेलायत तथा नेपालमा एक युवा व्यवसायी तथा सामाजिक अभियन्ताको परिचय बनाइरहेका उनि बेलायतमा सयौँलाई रोजगारी दिने केयर व्यवसायीको रूपमा चिनिन्छन्।
नेपालमा सूचना प्रविधिमा समेत लगानी गरिरहेका भट्टराई कोडेक यूकेका पूर्व सचिव तथा अध्यक्ष समेत रहेका छन्।
उनले भने आफुले उम्मेदवारी दिने सोच नभए पनि विगत दुई वर्षको सक्रियता र संस्थालाई अघि बढाउन खेलेको नेतृत्वदायी भूमिकाका कारण धेरै अग्रज तथा साथीभाइहरूले जोड दिएपछि उम्मेदवार बन्न लागेको बताए।
अहिलेसम्म अन्य पदाधिकारीहरुले भने उम्मेवारी घोषणा गरेका छैनन् ।