लण्डन/ बेलायतको लेबर पार्टीले बिहीबार सम्पन्न आम चुनावमा ऐतिहासिक जित हासिल गरेको छ । केयर स्टारमर नेतृत्वको लेबर पार्टी बेलायतमा १४ वर्षपछि सत्तामा फर्किएको हो ।
६५० सिट रहेको बेलायतको तल्लो सदनमा बहुमतका लागि ३२६ सिट आवश्यक पर्दछ । लेबर पार्टीले अहिलेसम्म ४१० सिटमा जित हासिल गरिसकेको छ । त्यस्तै ऋषि सुनकको नेतृत्वमा रहेको कन्जरभेटिभ पार्टीले ११९ सिट मात्र जित्न सकेको छ ।
लेबर पार्टीको यो चुनावी जितलाई सन् १९९७ मा टोनी ब्लेयर नेतृत्वको लेबर पार्टीको जितसँग तुलना गरिएको छ । सो निर्वाचनमा ब्लेयरको नेतृत्वमा लेबर पार्टीले ४१९ सिट जितेको थियो ।
लेबर पार्टीको सरकार बन्ने निश्चित भएसँगै यसका नेता केयर स्टारमर अब नयाँ प्रधानमन्त्री बन्नेछन् । ।
बेलायतमा लामो समयदेखि लेबर र कन्जर्भेटिभ दुईवटा पार्टीले चुनाव जितेर सत्ता चलाउँदै आएका छन् । यसपल्ट लिबडेमले पनि ७१ स्थानमा जीत हासिल गरेको छ ।
Updated: 0900 hrs on 05/07/2024