लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाको अधिवेशन जुन महिनामा हुने भएको छ ।
आइतबार अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा लन्डनमा सम्पन्न कार्यसमितिको पूर्ण बैठकले जुनभित्रै शाखाको छैठौं अधिवेशन गर्ने निर्णय गरेको हो ।
बैठकले अधिवेशन मिति र भेन्यू आवश्यक भने तोकेको छैन ।
शाखाको सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरण अप्रिल महिनाभित्र गरिने भएको छ । जसका लागि आवश्यक विधि र मापदण्डको प्रस्ताव आगामी कार्यसमिति बैठकमा पेश गर्न वरिष्ठ उपाध्यक्ष दिनेशकुमार परियार, उपाध्यक्ष प्रमिला लावुुङ राई र महासचिव नरेन्द्र बस्नेतलाई जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ ।
कार्यसमितिको अर्को पूर्ण बैठक मार्च २४ तारिख आइतबार बस्ने भएको छ ।
बैठकले कार्यसमिति सदस्य बम थापा सूर्यवंशी नेपाल आदिवासी जनजाती पत्रकार महासंघ ९फोनिज० यूकेको अध्यक्षमा निर्वाचित भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।
सो अवसरमा फोनिज यूकेका नवनिर्वाचित अध्यक्ष बम थापा सूर्यवंशी, कार्यकाल सफलतापूर्वक पूरा गरेकोमा फोनिज यूके निवर्तमान अध्यक्ष गोमा राना र ुस्वस्थ जिन्दगीको सानु पुस्तक प्रकाशित गरेकोमा नगेन्द्र नेम्वाङलाई शाखाका तर्फबाट अध्यक्ष अर्यालले खादा ओढाएर सम्मान गरेका थिए ।
महासचिव नरेन्द्र बस्नेतले सञ्चालन गरेको बैठकमा वरिष्ठ उपाध्यक्ष दिनेशकुमार परियार, उपाध्यक्ष प्रमिला लावुङ राई, सचिवद्धय मञ्जु भण्डारी र खेमराज रानाभाट, सहकोषाध्यक्ष सुरेन्द्र इङ्नाम तथा सदस्यहरु गोमा राना, वम थापा सूर्यवंशी र नगेन्द्र नेम्वाङसहित कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरुको उल्लेख्य सहभागिता थियोे।