Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » भूपु गोर्खाको मुद्धामा त्रिपक्षीय वार्ता निष्कर्ष बिहीन , अर्को वार्ताको टुंगो भएन
युके समाचार

भूपु गोर्खाको मुद्धामा त्रिपक्षीय वार्ता निष्कर्ष बिहीन , अर्को वार्ताको टुंगो भएन

November 22, 2023No Comments2 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
भूपु गोर्खाको मुद्धामा त्रिपक्षीय वार्ता निष्कर्ष बिहीन , अर्को वार्ताको टुंगो भएन

लन्डन/ बुधबार दिउंसो लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा भूतपूर्व गोर्खा प्रतिनिधिसमेतको सहभागितामा सम्पन्न बेलायत र नेपालबीचको सरकारस्तरीय वार्ता कुनै ठोस उपलब्धि बिनै सकिएको हो।

वार्तामा सहभागी लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनालले दुई पक्षबीच सहमति जुट्न नसकेपछि बुधबारको वार्ता पनि टुंगोमा पुग्न नसकेको बताइन्।

उनका अनुसार , ‘काउन्टर प्रस्ताव राखियो । तर, एक पक्षको प्रस्तावमा अर्को पक्ष राजी नभएपछि अब समाधानका लागि फेरि अर्को चरणको वार्ता गर्नुपर्ने भएको छ ।’ अर्को वार्ता मिति तोकिन भने बांकी रहेको उनले जनाइन्।

करिब डेढ घण्टा चलेको वार्तामा गोर्खाहरुको प्रतिनिधित्व गर्दै सहभागी गोर्खा सत्याग्रह संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले वार्ता सकारात्मक भएपनि निष्कर्षमा पुग्न नसकेको बताए । वेलफेयरलगायत मुद्धामा बेलायती पक्षले सकारात्मक ‘रेस्पोन्स’ गरेपनि आजको वार्ता पेन्सन मुद्धामा प्रवेश नै नगरेको उनले बताए । बेलायती रक्षा राज्यमन्त्री एन्ड्रयू मरिसनले अर्को वार्ता मिति छिट्टै दिने र यस एजेण्डामा थप छलफल गर्ने बताएको राईले जनाए ।

वार्तामा नेपाल सरकारका तर्फबाट राजदूत ज्ञानचन्द्र आचार्य र बेलायत सरकारको नेतृत्व रक्षा राज्यमन्त्री मरिसनले गरेका थिए ।

भूतपूर्व गोर्खाहरुको प्रतिनिधित्व गर्दै गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राई, गेसो उपसभापति धर्म तामाङ र मेजर ९रि।० जुदबहादुर गुरुङ सहभागी भएका थिए। साथै नेपाली राजदूतावासकी उप–नियोग प्रमुख रोशन खनाल, सैनिक सहचारी सहायक रथी रत्न बहादुर गोदार तथा बेलायत सरकारको तर्फबाट रक्षा मन्त्रालय र अन्तर्गतका अधिकारीहरुको सहभागिता थियो।

वार्तामा यसअघि भएका द्विपक्षीय समितिका वैठक तथा प्राविधिक तहमा भएको छलफलका आधारमा पेन्सन एवं कल्याणकारी सुविधाहरुबारे भएको प्रगतिको समीक्षा भएको दूतावासले जनाएको छ ।

बेलायती रक्षा मन्त्रालयले भूपू गोर्खाहरुले उठाएका धेरैजसो विषयमा आफ्नो जवाफ प्रस्तुत गरिसकेपछि उक्त विषयमा नेपालको तर्फबाट राजदूत आचार्य एवं जुदबहादुर गुरुङ्गले ती विषयमा तर्कहरुसहित प्रतिउत्तर दिएका थिए ।

राजदूत आचार्यले नेपाल र संयुक्त अधिराज्यबीच रहिआएको ऐतिहासिक सम्बन्धलाई दृष्टिगत गर्दै यसको आधारस्तम्भको रुपमा रहेका भूपू गोर्खाका मागहरुका विषयमा दीर्घकालीन समाधानका लागि अनुरोध गरेका थिए ।

बैठकमा परराष्ट्र मन्त्रालयका यूरोप अमेरिका महाशाखा प्रमुख गणेशप्रसाद ढकालले नेपाल सरकारको तर्फबाट परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको सन्देशसहित भूपू गोर्खाका मागहरु शीघ्र सम्बोधन गर्ने विषयमा जोड दिए ।

आजको बैठकमा नसमेटिएका एवं थप अध्ययन गर्नुपर्ने विषयहरुमा पुनः अर्को बैठकमा छलफल गर्ने सहमति भएको दूतावासले जनाएको छ ।

आफ्ना मागहरुको पक्षमा दबाब बढाउन वार्तास्थलबाहिर सयौंको संख्यामा पूर्व गोर्खाहरु भेला भएका थिए।

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous ArticleOctober Gallery Unveils Mesmerizing Cosmic Visions by Govinda Azad at Abu Dhabi Art 2023
Next Article Tens of thousands of protesters demanding a restoration of Nepal’s monarchy clash with police – The Independent

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने

September 1, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

भूपु गोर्खाको मुद्धामा त्रिपक्षीय वार्ता निष्कर्ष बिहीन , अर्को वार्ताको टुंगो भएन

November 22, 2023

“From TikTok Triumph to Turmoil: Nepal’s Influencers Face Financial Strain as Government Enforces Ban”

December 13, 2023
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.