Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » बेलायतमा नेपाली मेलाको तयारी, ५ हजार दर्शकको सहभागिता हुने अपेक्षा
युके समाचार

बेलायतमा नेपाली मेलाको तयारी, ५ हजार दर्शकको सहभागिता हुने अपेक्षा

August 21, 2023Updated:August 21, 2023No Comments2 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
बेलायतमा नेपाली मेलाको तयारी, ५ हजार दर्शकको सहभागिता हुने अपेक्षा

लन्डन । तमुधिं यूकेले गर्न लागेको १४ औं नेपाली मेलाको तयारी पूरा भएको आयोजकले जनाएका छन् ।

आइतबार मिचेटस्थित तमुधिं भवनमा आयोजित पत्रकार सम्मेलनमा तमुधिं यूके उपाध्यक्ष तथा मेला संयोजक परशु गुरुङले लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा यही २७ अगष्ट आइतबार केम्पटन पार्क रेस कोर्समा मेला तयारी पूरा भएको बताए । मेलाको नारा छ- ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव ।’

सन् २००९ देखि शुरु भएको मेलाको मुख्य उद्देश्य बेलायतस्थित नेपाली संघसंस्थाबीचको सम्बन्ध प्रगाढ बनाउन, आपसमा कला संस्कृतिको परिचय र युवा पुस्तामा नेपाली भाषा एवं कला संस्कृति हस्तान्तरण गर्ने रहेको संयोजक गुरुङले जनाए ।

मेलामा प्रमुख अतिथी राजदूत ज्ञानचन्द्र आचार्य, विभिन्न देशका कूटनीतिज्ञ, मेयर, काउन्सिलर, कृत्रिम खुट्टाको सहारामा सगरमाथा चढ्ने विश्वकै एकमात्र आरोही हरि बुढामगर, सगरमाथा आरोही नायिका दिया पुन लगायत करिब ५ हजार दर्शकको सहभागिता हुने अपेक्षा गरिएको छ ।

मेलामा उत्कृष्ट झांकी प्रदर्शन गर्ने पहिलो समूहलाई ५ सय, दोश्रोलाई तीनसय र तृतीय हुनेलाई २०० पाउण्ड दिइनेछ भने सान्त्वना पुरस्कार स्वरुप तीन समूहलाई २०० पाउण्डका दरले पुरस्कृत गरिने मेला संयोजकले जनाए ।

झांकी र सांस्कृतिक नृत्यमा उत्कृष्ट हुने पहिलो टिमलाई ११०० पाउण्ड नगदसहित एम्बासडर कप तथा तीनसय पाउण्डसहित एनआरएनए कप र ट्रफी, रनरअपलाई ७०० पाउण्ड एवं तृतीय हुने टिमलाई ५०० पाउण्ड प्रदान गरिनेछ ।

मेलामा २९ वटा नेपाली संघसंस्थाले झांकी प्रदर्शन गर्नेछन् । १२ वटा संघसंस्था भने प्रतिष्पर्धा गर्ने छैनन् । तमुधिं यूके उपाध्यक्ष कमल गुरुङले खाना, पोशाक, गरगहना, च्यारिटी आदि गरि ३ दर्जन बढी स्टल रहने जनाए । मेला आयोजना गर्न ३७ हजार पाउण्ड अनुमानित खर्च लाग्ने आयोजकले जनाएका छन् ।

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleएनआरएनएको नयाँ नेतृत्व सर्वसम्मत बनाउने
Next Article नेपालमा नयाँ ‘राजा चार्ल्स III’ हल

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने

September 1, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

लन्डनमा नेपालमय वातावरण : १६औं नेपाली मेलाले खिच्यो दश हजार भन्दा बढी दर्शक

August 25, 2025

Nepal’s Sandeep Lamichhane receives eight-year jail sentence after being found guilty of rape – The Cricketer

January 10, 2024
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.