Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » बेलायती प्रधानमन्त्री ऋषि सुनकले गोर्खा ‘वारियर’लाई पठाएको सन्देशमा के छ ?
युके समाचार

बेलायती प्रधानमन्त्री ऋषि सुनकले गोर्खा ‘वारियर’लाई पठाएको सन्देशमा के छ ?

August 25, 2023No Comments2 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
बेलायती प्रधानमन्त्री ऋषि सुनकले गोर्खा ‘वारियर’लाई पठाएको सन्देशमा के छ ?

बेलायती प्रधानमन्त्री ऋषि सुनकले गोर्खा ‘वारियर’लाई पठाएको सन्देशमा के छ ?

 

लन्डन । बेलायती सेनाका गोर्खा सैनिकहरुको कथामा निर्मित नेपाली चलचित्र ‘गोर्खा वारियर’लाई बेलायती प्रधानमन्त्री ऋषि सुनकले शुभकामना पठाएका छन्।

आगामी सेप्टेम्बर १० आइतबार लन्डन लेष्टर स्क्वायरस्थित प्रतिष्ठित आइम्याक्स सिने वर्ल्डमा एक भव्य समारोहबीच हुन लागेको प्रिमियर शो र चलचित्रको सफलता कामना गर्दै उनले शुभकामना सन्देश पठाएका हुन्।

‘गोर्खा सैनिकहरुको वीरता, समपर्ण र त्यागलाई प्रकाश पार्दै यो अद्भूत चलचित्र बन्न लागेको थाहा पाउँदा मलाई खुशी लाग्यो’, प्रधानमन्त्री सुनकले आफ्नो सन्देशमा भनेका छन्।

कार्यव्यस्तताका कारण प्रिमियिर शोमा सहभागी हुन असमर्थ रहेकोमा दुःख व्यक्त गर्दै उनले निमन्त्रणाका लागि निर्माण टिमलाई धन्यवाद ज्ञापन गरेका छन्। साथै, चलचित्र तथा प्रिमियर शो दुवै सफल हुने र सबैले मन पराउने आशा उनले व्यक्त गरेका छन् ।

गोर्खा वारियर चलचित्रका प्रेस को-अर्डिनेटर आकाश सुनुवारका अनुसार प्रिमियर शोमा बेलायतको हाउस अफ लर्डसका सदस्य लर्ड हवार्ड, सांसद डमियल नोएल थोमस कोलिन्ससहितका बेलायती र नेपाली दुवै समुदायका विशिष्ट अतिथिहरु आउने पक्का भइसकेको छ ।

गोर्खा वारियर प्रिमियर हुन लागेको लन्डन लेष्टर स्क्वायरस्थित आइम्याक्स सिनेवर्ल्ड हलिउड र बलिउडका चलचित्रसमेत प्रदर्शन हुने प्रतिष्ठित सिनेमा हो ।

‘हलिउड र बलिउडका चलचित्र प्रिमियर हुने सिनेमामा रातो कार्पेट बिछ्याएर नेपाली कलाकारलाई हिंडाउँदैछौं। र त्यहाँ बेलायती सेनाको ‘द ब्याण्ड अफ द ब्रिगेड अफ गोर्खाज’ ले विशेष प्रस्तुति दिनेछ’, गोर्खा वारियर निर्देशक मिलन चाम्स भन्छन्, ‘यस्ता गतिविधिले हाम्रो चलचित्र र हाम्रो कथालाई विश्वसामु पुरयाउन मद्धत गर्नेछ भन्ने विश्वास लिएका छौं।’

नेपाली, अंग्रेजी र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राईलगायतका कलाकारले अभिनय गरेका छन्। चलचित्रका निर्माता बेलायतस्थित अनुग्रह ज्वेलर्सका सञ्चालक सुमन राई र सुष्मिता वाइवा हुन्।

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleएनआरएनएको महाधिवेशन असोजदेखि काठमाडौंमा हुने
Next Article एनआरएनए बेल्जियमको बैठक हुंदै

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने

September 1, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

नेपाल पत्रकार महासंघको महाधिवेशन अशोजमा , बेलायत शाखा पनि तयारीमा

September 8, 2024

बढ्यो एनआरएनएको सकृयता , अध्यक्ष केसी लण्डनमा

August 24, 2024
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.