एनआरएनए बेल्जियमको बैठक आइतवार लुभेन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको पूर्ण बैठक आगामी आइतवार लुभेनमा बस्ने भएको छ ।
संघकी महासचिव रुविना शर्माका अनुसार संघको ११ औं महाधिवेसनको लागि प्रतिनिधि चयन गर्न सो बैठक आब्हान गरिएको हो । संघको अक्टोवरमा हुने निर्वाचनको लागि ३१ अगष्टभित्र संघको केन्द्रीय कार्यालयमा प्रतिनिधिको नामावली पठाई सक्नु पर्ने वैधानिक प्रावधान रहेको छ ।
शर्माले संघको विधान अनुसार ९० प्रतिशत प्रतिनिधि छनोटको प्रकृया पुरा भएको र बाँकी १० प्रतिशतको नाम कार्यसमितिले आइतवार टुंग्गो लगाउने बताइन् । संघको महाधिवेशनको लागि बेल्जियमबाट १५१ जना प्रतिनिधिले भाग लिदैछन् ।
आइतवारको बैठकमा कार्यसमिति सदस्यहरु, सल्लाहाकार मनोनयन लगायतका अजेण्डाहरु तय गरिएको छ ।