नेपालीमेला २०२३
बेलायत/ तमुधिं यूकेको आयोजनामा भएको १४ औं नेपाली मेला भव्य सम्पन्न भएको छ।
हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरवु सन्देशसहित लन्डनस्थित केमटोन पार्क रेसकोर्समा आइतबार भएको नेपाली मेला भव्य रुपमा सम्पन्न भएको हो ।
लन्डनको केम्पटन पार्क रेसकोर्समा आइतबार आयोजित मेलामा करिब सात हजार दर्शक सहभागी बनेको आयोजक तमुधिं यूकेले जनाएको छ। मेलामा कोभिडपछि पहिलोपटक यति ठूलो सहभागिता देखिएको हो । तमुधिं यूकेले नेपाली दूतावास लन्डनको सहकार्यमा मेला गरेको थियो।
मेलामा बेलायतस्थित विभिन्न दुई दर्जन बढी नेपाली संघसंस्था र समुदायका तर्फबाट आफ्ना संस्कृति, कला, परम्परा झल्काउने आकर्षक सांस्कृतिक झाँकी तथा नृत्यहरु प्रस्तुत गरिएको थियो।
बेलायतवासी सबै नेपालीहरूको मनमुटुमा बसेको बृहत् कार्यक्रम नेपाली मेला जुन २००९ सालदेखि नेपाली राजदूतावासको सहकार्यमा र विभिन्न संघसंस्थाहरुको समन्वयमा विभिन्न जातजातिमा आधारित मौलिक प्रस्तुतिहरु रहेको थियो ।
मेलामा सांस्कृतिक झाँकी तथा नृत्य प्रस्तुतितर्फ सर्वोत्कृष्ट बन्दै किरात राई यायोख्या यूकेले ११ सय पाउण्ड नगदसहित एम्बासडर कप जित्यो । विजेता संस्थालाई तीन सय पाउण्ड नगदसहित एनआरएनए कप पनि प्रदान गरियो ।
त्यस्तै, दोस्रो र तेस्रो स्थान हासिल गर्ने घान्द्रुक समाज यूके र पासा पुचः गुथि यूकेले क्रमशः सात सय र पाँच सय पाउण्ड नगदसहितका पुरस्कार प्राप्त गरे।
झाँकीतर्फ किरात राई यायोख्याले प्रथम, पासा पुचः गुथिले दोस्रो र घान्द्रुक समाज यूकेले तेस्रो स्थान हासिल गरे । नृत्यतर्फ घान्द्रुक समाज यूके प्रथम र किरात राई यायोख्खा दोस्रो भए। दुवै विधामा पहिलो हुनेले सात सय, दोस्रोले पाँच सय र तेस्रोले तीन सय पाउण्ड नगदसहितको पुरस्कार प्राप्त गरे।
मेलामा यसपटक शुरु गरिएको दुई सय पाउण्ड नगदसहितको प्रेसिडेन्ट च्वाइस पुरस्कार पासा पुचः गुथि यूकेले पायो।
निर्णायकको भूमिका साहित्यकार एकेन्द्र गुरुङको संयोजकत्वमा संगीतकार विक्रम गुरुङ, कलाकार माओत्से गुरुङ, ताराबहादुर गुरुङ, डा प्रमोद कोयी राई, कोरियोग्राफर कविता घर्तीमगर गुरुङ, नृत्यकार बालकाशी गुरुङ र नायिका रजनी गुरुङले निर्वाह गरेका थिए।
कार्यक्रमका केही झलकहरु ।