Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, June 15
मुख्य समाचार :
  • गोर्खा आन्दोलन: वर्षदिनपछि लन्डनमा प्राविधिक बैठक सम्पन्न
  • Largest Single-Day Deportation: 37 Nepalis Sent Back from the U.S. Amid Intensified Crackdown
  • क्यान्सरलाई जितेपछि एलिस बोडेनले नेपालमा लोबुचे इस्ट आरोहण , £13,000 संकलन
  • नेपाली मिडिया सोसाईटी युके गठन
  • खुपेन सुनुवारको कवितासङ्ग्रह सार्वजनिक
  • यूके अधिवेशनमा सहभागी हुन एमाले महासचिव शंकर पोखरेल बेलायत आउँदै
  • गणतन्त्र दिवसमा लन्डनको नेपाली राजदूतावासमा भव्य समारोह
  • तेस्रो नेपाली फिल्म फेस्टिभल यूके २०२५ : समापन समारोहका लागि कलाकारहरू लन्डनमा, ग्रीनफोर्ड हलमा हुने तयारी अन्तिम चरणमा
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » डिसेम्बरको तेश्रो साता ‘मह जोडी बेलायत आउने
युके समाचार

डिसेम्बरको तेश्रो साता ‘मह जोडी बेलायत आउने

December 3, 2023Updated:December 3, 2023No Comments2 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
डिसेम्बरको तेश्रो साता ‘मह जोडी बेलायत आउने

लन्डन । बेलायतमा ‘मह जोडी यूके टुर’ को तयारी तीव्र रुपमा भएको छ ।

बेलायतस्थी च्यारिटी संस्था द गोर्खा सेन्टरले यही डिसेम्बर तेश्रो साता च्यारिटी कार्यक्रमको लागि नेपालका वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) बेलायत आउन लाग्नु भएको जनाएको छ ।

कार्यक्रमबारे जानकारी दिन आइतबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा सेन्टरका संस्थापक तथा सिइओ भीम तामाङले मह जोडीको पहिलो कार्यक्रम आउंदो २३ डिसेम्बर दिउसो हयारोस्थित ह्यारो लिजर सेन्टर र दोश्रो कार्यक्रम क्रिसमस इभ अर्थात २४ डिसेम्बर अपरान्ह ४ बजेदेखि अल्डरसटस्थित एम्पायर हलमा तय भएको जानकारी दिए ।

मह जोडीको भिजा लागिसकेको र उहाँहरु यही २० डिसेम्बरमा बेलायत आउने तयारीमा रहेको पनि उनले जनाए ।

ह्यारोमा चर्चित गायक प्रकाश सपुत समेतको प्रस्तुति रहने तामाङले बताए । कार्यक्रमको बीचमा स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने जनाइएको छ ।

अहिले नै टिकट लिए प्रवेश शुल्क जम्मा २५ पाउण्ड लाग्ने र पछि यो वृद्धि हुंदै जाने आयोजकले बताए । दर्शकहरुले अनलाइन तथा प्रवेश द्वारमा पनि टिकट खरिद गर्न सक्नेछन् ।

बेलायतमा रहेका गोर्खा भेट्रान र तिनका वयस्क सन्तानहरुको कल्याणकारी कार्यमा समर्पित च्यारिटी संस्था द गोर्खा सेन्टरको कोष अभिवृद्धिका लागि मह प्रहसन गर्न लागिएको तामाङले बताए ।

मह टुर खर्चिलो भएपनि दर्शक उपस्थिति उल्लेख्य रहने विश्वास आयोजकलाई छ । ह्यारो कार्यक्रममा कम्तीमा १५ सय र अल्डरसटमा करिब ६ सय दर्शक आउने अपेक्षा सेन्टरको छ ।

‘द गोर्खा सेन्टरले स्थापनाकालदेखि नै बेलायतमा रहेका ब्रिटिश भूतपूर्व गोर्खा सैनिकहरु र तिनका वयस्क सन्तानहरुको हकहितका लागि आर्थिक, सामाजिक, भाषिक, सांस्कृतिक लगायत क्षेत्रमा सहयोग गर्दै आएको छ’, तामाङले भने, ‘उहांहरुप्रति हाम्रो सहयोग निरन्तर जारी छ । गोर्खा सेन्टरले गरिरहेका कामहरुलाई निरन्तरता दिन कोष अभिवृद्धिका लागि ‘मह जोडी यूके टुर’ गर्न लागेका  हौं ।’

नेपालका चर्चित कलाकारद्वय  मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई बोलाएर बेलायतवासी नेपाली दर्शकहरुलाई गुणस्तरिय कार्यक्रममार्फत भरपुर मनोरन्जन दिने प्रयत्न समेत आफूहरुको रहेको तामाङले बताए ।

‘नेपालका राष्ट्रिय धरोहर मह जोडीको बेलायत आगमन हामी समस्त बेलायतवासी नेपालीका लागि गर्वको विषय हो । हामी यो कार्यक्रम ‘मिस’ नगर्न सबैमा अपिल गर्दछौं’, तामाङले पत्रकार सम्मेलनमा भने, ‘तपाईंको उपस्थिति हाम्रा लागि एउटा महत्वपूर्ण उर्जा पनि हुनेछ ।’

अल्डरसट कार्यक्रमका लागि स्वयंसेवक संयोजन गरिरहेकी मधु गुरुङले सञ्चालन गरेको उक्त पत्रकार सम्मेलनमा सेन्टरले झण्डै ५ सय बढी गोर्खा भेट्रानलाई सामाजिक सुरक्षा, अंग्रेजी भाषा, स्वास्थ्य समस्या लगायतमा सहयोग गरेको जनाएको छ ।

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous ArticleNepali Migrant worker sues employers in UK
Next Article life sentences to 24 individuals involved in the lynching of Navaraj BK and friends

Related Posts

गोर्खा आन्दोलन: वर्षदिनपछि लन्डनमा प्राविधिक बैठक सम्पन्न

June 12, 2025

क्यान्सरलाई जितेपछि एलिस बोडेनले नेपालमा लोबुचे इस्ट आरोहण , £13,000 संकलन

June 11, 2025

नेपाली मिडिया सोसाईटी युके गठन

June 10, 2025

Comments are closed.

ताजा समाचार

गोर्खा आन्दोलन: वर्षदिनपछि लन्डनमा प्राविधिक बैठक सम्पन्न

June 12, 2025

Largest Single-Day Deportation: 37 Nepalis Sent Back from the U.S. Amid Intensified Crackdown

June 11, 2025

क्यान्सरलाई जितेपछि एलिस बोडेनले नेपालमा लोबुचे इस्ट आरोहण , £13,000 संकलन

June 11, 2025

नेपाली मिडिया सोसाईटी युके गठन

June 10, 2025

खुपेन सुनुवारको कवितासङ्ग्रह सार्वजनिक

June 9, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

गोर्खा आन्दोलन: वर्षदिनपछि लन्डनमा प्राविधिक बैठक सम्पन्न

June 12, 2025

Largest Single-Day Deportation: 37 Nepalis Sent Back from the U.S. Amid Intensified Crackdown

June 11, 2025
लोकप्रिय

Why we went on honeymoon with 10 strangers – on the Manaslu Circuit in Nepal – The Telegraph

February 13, 2024

किर्तीमानी हरि बुढामगरले पाए गिनिज वर्ल्डको रेकर्ड

April 11, 2024
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.