काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले बेलायतबाशी योगेश राईलाई पक्राउ गरेको छ ।
जिप्रका काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले योगेश राई रु ३४ लाख २३ हजार तीन सय ठगी गरेको आरोपमा पक्राउ हुन्।
उनका अनुसार रोहित श्रेष्ठ र जिवेन्द्र श्रेष्ठलाई वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रकम लिएका थिए ।
पक्राउ परेका निज राईमाथि जिल्ला प्रहरी परिसर काठमाडौँबाट थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए ।
उनी किरात राई यायोख्या बेलायत अध्यक्ष साथै बेलायतमा रहेका नेपाली सुनचाँदी व्यवसायीहरुको संगठनका पनि अध्यक्ष हुन् ।