Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » नेपालका क्रिकेटरहरु टी टेन खेल्न जुलाईमा लण्डन आउने
खेल

नेपालका क्रिकेटरहरु टी टेन खेल्न जुलाईमा लण्डन आउने

May 4, 2024Updated:May 4, 2024No Comments2 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
नेपालका क्रिकेटरहरु टी  टेन खेल्न जुलाईमा लण्डन आउने

दिनेशकुमार

लण्डन / नेपालबाट करण केसी, दीपेन्दसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, रोहित पौडेल, कुशल मल्ल, कुशल भुर्तेलसहित १३ जना व्यवसायिक खेलाडी बेलायत आउने भएका छन् ।

माया इभेन्ट्सका सिइयो राज पाण्डेले शुक्रबार लन्डन हन्स्लोस्थित मामाज रेष्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमा अष्ट्रेलियाबाट सुवास खकुरेलसहित ५ जना, न्यूजिल्याण्डबाट दिनेश खरेल एवं नेपालबाट छ सहित १३ जना व्यवसायिक खेलाडी बेलायत आउने
जानकारी दिएका हुन।


माया इभेन्ट्सले आउंदो १४ जुलाईका दिन वाइकम्ब हाउस टेनिस एण्ड क्रिकेट क्लव आइजलवर्थमा क्रिकेट प्रतियोगिता लन्डनमा आयोजना गर्ने माया टी १० क्रिकेट प्रतियोगिता सो खेलाडीहरु आउने भएका हुन् ।

प्रतियोगिताको साथमा सांगीतिक कन्सर्ट पनि गरिने आयोजक पाण्डेले बताए । सांगीतिक कन्सर्टका लागि निमा रुम्बा, धिरज राई आदि राष्ट्रिय कलाकारसंग कुरा भइरहेको पाण्डेले बताए ।

क्रिकेटसंगै कन्सर्ट, खाना, राष्ट्रिय पोशाकका स्टल एवं बालबालिकाका लागि बाउन्सी क्यासल खेल र आर्ट पेन्टिङ राखेर नेपाली मेलाकै रुप दिइने पाण्डेले बताए ।

नेपाल, अष्ट्रेलिया र न्यूजिल्याण्डबाट समेत आउने टी ट्वान्टी खेलिसकेका नेपाली क्रिकेटरहरुसहित बेलायतमा रहेका नेपाली खेलाडी मिलाएर बनाइने टिमबीच प्रतिष्पर्धा हुनेछ ।

प्रतिस्पर्धामा उत्कृट विजेताले ५ हजार पाउण्ड र उपविजेताले दुई हजार पाउण्ड नगद पुरस्कार प्राप्त गर्नेछन् ।

उक्त खेलका लागि अनुमानित बजेट झण्डै ७० हजार पाउण्ड छ । खेल हेर्न ५ हजार दर्शक उतार्ने लक्ष्य आयोजकले लिएका छन् । फूल इभेन्ट हेर्न प्रवेश शुल्क जम्मा ५ पाउण्ड राखिएको छ ।

बेलायतमा अन्य धेरै गतिविधि हुने भएपनि क्रिक्रेट उत्सव नभएको उल्लेख गर्दै पाण्डेले यस्ता गतिविधिबाट बेलायतमा रहेका नेपाली युवा खेलाडीलाई अवसर मिल्ने बताए ।

प्रायोजकहरुबाट खर्च जुटाइने र खर्च कटाएर दि गोर्खा सेन्टर एवं द अर्फानेज होम्स् गरि दुई च्यारिटी संस्थालाई सहयोग गरिने पाण्डेले जनाए ।

पत्रकार सम्मेलनमा माया क्रिकेट क्लवका क्याप्टेन सचिन शर्मा, क्लवका उपकप्तान एवं पूर्व अन्डर १९ खेलाडी प्रकाश विष्ट, म्यानेजर आशिस भट्ट एवं खेलाडी आशिष कुर्मी पनि सहभागी थिए।

 

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleबेलायतमा यक्वा तङनाम मनाइयो
Next Article बेलायतबाशी राई नेपालमा पक्राउ , ठगीको आरोप

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने

September 1, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

‘Want to go home’: Nepalis fighting for Russia in Ukraine describe horrors – Al Jazeera English

February 10, 2024

गोरखाहरूले सरकारबीच भइरहेको वार्तालाई जारी राख्ने

April 7, 2024
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.