लण्डन/यूकेबाशी पहिचानपक्षघरहरुको कुमार लिङ्देन अध्यक्ष रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च त्यागी नयाँ संगठन निर्माण गरेका छन ।
यूकेमा “राष्ट्रिय पहिचान परिषद प्रवास युके”को गठन भएको हो । देबी बहादुर तुम्बाहाङ्फेको अध्यक्षतामा ४५ केन्द्रीय सदस्य सहित राष्ट्रिय पहिचान परिषद प्रवास यूकेको केन्द्रीय समिति गठन गरेको छ।
६ जुलाई शनिवार लण्डनको फेल्थममा भएको भेलाले गठन गरेको समितिमा उपाध्याक्षहरु रुपमान कुरुम्बाङ, यधुचन्द्र लावती, कुलदीप राई, कृष्णप्रसाद लिङ्देन, जगत सुहाङ, तेजप्रकाश लावती, खड्गजङ आङ्बुहाङ, रुद्र प्रसाद श्रेष्ठ, रामकुमार पोमु , चन्द्रकला आवाजुङ,हर्कजङ कुरुम्बाङ रहेका छन् ।
महासचिवमा लाल बहादुर लिङ्देन र उपमहासचिव दिपक तुम्बापो चुनिए । सचिवहरुमा तिलबिक्रम तावा, दिलबहादुर तुम्बाहाङ्फे , शेर बहादुर इङ्नाम, दल योङ्या, किशोर तिलिङ् चोङ्बाङ र धनबहादुर माबो छन् ।
कोषाध्यक्षमा थानकुमान नाल्बो र सह कोषाध्यक्ष दुर्गा खापुङ छन् ।सचिवालय सदस्यहरुमा चुडामणि तुम्बाहाङ्फे , टंक खापुङ, राम इजम र नरबहादुर कुरुंगबांग , चन्द्रबहादुर लिंगदेन र कृष्णबहादुर कुरुंगवांग चुनिए ।
यसअघिको सेसनमा पार्टीको नेतृत्वले बिधान , बिधि , प्रकृयालाई वेवास्ता गरी , आर्थिक पारदर्शीता नदेखाएको र नीजि सम्पत्तिको हैसियतमा संचालन गरेको लगायतका बुदाहरुमा आपत्ति जनाउँदै सबै सदस्यहरुले पार्टी परित्याग गरेका थिए ।
संघीय लोकतान्त्रिक सामाजिक मन्चका अध्यक्ष देबीबहादुर तुम्बाहाम्फेले आफनो मन्तव्य सहित मन्चको बिघटनको घोषणा गरेका थिए । भने महासचिव राम ईजको प्रस्तावमा संघीय लोकतान्त्रिक सामाजिक मञ्च , संघीय लिम्बुवान सामाजिक मञ्च नेपाल परित्यागको घोषणा सर्वसम्मतले पारित गरिएको थियो ।
राष्टिय पहिचान परिषद प्रवास युकेका अध्यक्ष देवी बहादुर तुम्बाहाङ्फेले सबैको पहिचानलाई बराबर सम्मान दिने बताउँदै कुमार लिङ्देनको कार्यशैली , व्यवहार र नेतृत्वको आलोचना गरे ।
२०६२ सालमा स्थापित संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्र्तगत यूकेमा सन् २००७ मा संघीय लोकतान्त्रिक सामाजिक मञ्च यूके र सन् २०१२ मा संघीय लिम्बुवान सामाजिक मञ्च यूके प्रवास समिति स्थापना भएको थियो । पार्टीका यूकेबाशी अगुवा नेता र कार्यकर्ताले पार्टीको मूल मुद्धामाथि कुठाराघात गरेको भन्दै सामुहिक पार्टी परित्याग गरेका हुन् ।
तस्वीरहरु : देवी गौतम