लण्डन । नेपाल पत्रकार महासंघले विदेशस्थित सबै शाखाका अधिवेशनहरु रोक्न निर्देशन बेलायत शाखाले नमान्ने भएको छ।
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलद्धारा जेष्ठ २३ गते जारी पत्रमा केन्द्रको निर्वाचन अगाडि त्यस शाखाको अधिवेशन नतोक्न र सदस्यता वितरण गर्ने कार्यलाई पनि स्थगित गर्न’ अनुरोध गरिएको थियो ।
केन्द्रीय प्रतिनिधि बिमला सेनेले अहिलेसम्म केन्द्रले बेलायत शाखाको चुनावको प्रनितिधि नपठाएको जानकारी दिएकी छिन् ।
बेलायत पत्रकार महासंघका अध्यक्षले भने पत्राचार हुनुभन्दा पहिले नै शाखाको निर्वाचन प्रकृया थालनी भएको जिकीर गरे ।
अध्यक्ष ध्रुर्वराज अर्याल र महासचिव नरेन्द्र बस्नेतले मंगलबार एक प्रेसवक्तव्य जारी गर्दै अधिवेशन अन्तर्गत निर्वाचन कार्यक्रमका कयौं प्रक्रिया समेत अगाडि बढिसकेको सन्दर्भमा बाँकी प्रक्रिया सुचारु र यथावत रहने स्पष्ट गराएका छन् ।
२५ जुनको पूर्ण बैठकले जुलाई १४ मा तय शाखाको अधिवेशनबाट नयाँ कार्यसमितिको निर्वाचनका लागि नरेश खपांगीमगरको संयोजकत्वमा पूर्ण गुरुङ र प्रजय शुक्ललाई सदस्य र तथा कानूनी सल्लाहकारमा सोलिसिटर उत्तरमान तिगेलालाई नियुक्त गरेको थियो ।
समितिले २ जुलाईमा मतदाता नामावली प्रकाशन गरी जुलाई ६ तारिखमा उम्मेदवारहरुको लिष्ट सार्वजनिक गरेको थियो । जस अनुसार अध्यक्षमा तीन जना उम्मेदवारहरु (दिनेश कुमार परियार , बिमला सेने र श्याम लुईटेल) बाहेक अन्य सवै उम्मेदवारहरु निर्बिरोध भएको सूचना निकालेको छ ।