काठमाण्डौं / नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारै राष्ट्रपति निवास पुगेर नयाँ प्रधानमन्त्रीमा दाबी पेस गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम प्रधानमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गरेलगत्तै ओलीले शीतल निवास पुगेर दाबी पेस गरेका हुन्।
राष्ट्रपति सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री नियुक्ति आइतबार हुनेछ र सोही दिन शपथ गराइनेछ।प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डले शुक्रबार प्रतिनिधि सभा बैठकमा विश्वासको मत पाउन सकेनन् ।
राष्ट्रपति पौडेलले अर्को सरकार गठन नभएसम्मका लागि प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदलाई नै कार्य सञ्चालन गर्ने जिम्मेवारी तोकेका छन्।