Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, June 15
मुख्य समाचार :
  • गोर्खा आन्दोलन: वर्षदिनपछि लन्डनमा प्राविधिक बैठक सम्पन्न
  • Largest Single-Day Deportation: 37 Nepalis Sent Back from the U.S. Amid Intensified Crackdown
  • क्यान्सरलाई जितेपछि एलिस बोडेनले नेपालमा लोबुचे इस्ट आरोहण , £13,000 संकलन
  • नेपाली मिडिया सोसाईटी युके गठन
  • खुपेन सुनुवारको कवितासङ्ग्रह सार्वजनिक
  • यूके अधिवेशनमा सहभागी हुन एमाले महासचिव शंकर पोखरेल बेलायत आउँदै
  • गणतन्त्र दिवसमा लन्डनको नेपाली राजदूतावासमा भव्य समारोह
  • तेस्रो नेपाली फिल्म फेस्टिभल यूके २०२५ : समापन समारोहका लागि कलाकारहरू लन्डनमा, ग्रीनफोर्ड हलमा हुने तयारी अन्तिम चरणमा
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » पत्रकार महासंघ यूके अधिवेशन तयारी समिति गठन
युके समाचार

पत्रकार महासंघ यूके अधिवेशन तयारी समिति गठन

July 14, 2024No Comments3 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
पत्रकार महासंघ यूके अधिवेशन तयारी समिति गठन

लण्डन । दिनेश परियारको संयोजत्वमा नेपाल पत्रकार महासंघ यूकेको छैटौ महाधिवेशनको तयारी समिति गठन गरिएको छ । महासंघ केन्द्रको पत्र विपरित एउटा समूहले फानवरोमा अधिवेशनको घोषणा गरेपछि आइतवार लण्डनमा सम्पन्न भेलाले तयारी समिति घोषणा गरेको हो ।

यसअघि नेपाल पत्रकार महासंघले विदेशस्थित सबै शाखाहरुको अधिवेशन रोक्न निर्देशन दिएको थियो । भेलालाई सम्बोधन गर्दै परियारले नेपाल पत्रकार महासंघ यूकेले केन्द्रको पत्रको निर्देशन मानेर अघि बढ्ने प्रतिबद्धता जनाए । उनले आगामी केही दिनमा केन्द्र र असन्तुष्ट पक्षसँग छलफल गरेर महाधिवेशन मिति तय गरिने बताए ।

बेलायतमा रहेका नेपाली पत्रकारहरुको हकहित, अधिकारीको लागि आवाज बुलन्द गर्ने र सबैलाई एउटै छातामा संगठित गर्ने उद्देश्यले स्थापित नेपाल पत्रकार महासंघ बेलायतको विशेष भेला आइतवार, (१४ जुलाई, २०२४) मा सम्पन्न भयो ।

भेलालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ यूकेका बरिष्ठ उपाध्यक्ष श्याम लुइँटेलले कार्यसमितिका सदस्यहरुमा लोभ लाल्चा र भित्र उदेश्य अर्कै रहेको कारणले संस्थामा विभाजनको मोडमा पुगेको बताए । उनले संस्था विभाजन गर्न केहि व्यक्तिको संगठित गिरोह सकृय रहेको बताए । केही सिमित व्यक्तिको स्वार्थका कारण बेलायतमा रहेका नेपालहरु संगठित हुन नसकेको बताए । उनले महासंघको पत्र विपरित भएकोे महाधिवेशन राजा ज्ञानेन्द्रले गरेको। निर्वाचन जस्तै भएको बताए ।

नेपाल प्रेश यूनियन बेलायतका अध्यक्ष विपिन निरौलाले शाखाका अध्यक्ष ध्रुवराज अर्यालसंग भएको सहमतिमा वेइमान भए पछि संस्था विभाजनमा गएको बताए । उनले अर्याल संस्थाप्रति उत्तदायी नभएका कारणले पत्रकारबीच फाटो आएको बताए । उनले केही दिनमाभित्र एकता महाधिवेशन सम्पन्न गरिने बताए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलद्वारा जेष्ठ २३ गते जारी परिपत्र अनुसार यस शाखाको छैटौ महाधिवेशनको लागि तय भएका सम्पूर्ण निर्वाचन प्रकृया समेत रद्द भएको अवस्थामा शाखा सदस्यहरुको विषेश भेला सम्पन्न भएको हो ।

अधिवेशन तयारी समितिका संयोजक दिनेशकुमार परियारको संयोजकत्वमा सम्पन्न भेलाले शाखामा पत्रकारहरुलाई संगठित गर्दै लैजानेले छैटौ महाधिवेसनको सुनिश्चित गर्नको लागि शाखाको पूर्वसूचना अनुसार मार्च ३० तारिखसम्म शाखाको सदस्यताको लागि आवेदन दिएका ६३ जनाको नाम सदस्यताको लागि केन्द्रमा पठाउने निर्णय गरेको छ ।

भेलाले महासंघको केन्द्रीय विधानको धारा ३५ को उपधार ७ अनुसार शाखाको निर्वाचन हरेक तेस्रो वर्षमा हुने प्रावधान अनुसार शाखाका अध्यक्ष ध्रुवराज अर्यालको कार्यकाल समेत समाप्त भएको अवस्थामा विधानमा उल्लेख भए बमोजिम तोकिएको मिति तोक्दा पनि विविध कारणले काबु बाहिरको अवस्था सृजना भई निर्वाचन गर्न असम्भव भएमा शाखाका सदस्यहरुको भेला आयोजना गरि सोही भेलाको निर्णयबाट समितिले गरेका काम कारवाही बारे आवश्यक निर्णय गर्नुका साथै बढीमा ६ महिनाभित्र निर्वाचन गर्ने गरि मिति तोकिने प्रावधान अनुसार तत्कालै छैटौ महाधिवेशनको मिति तोक्ने केन्द्रमा पत्राचार गर्ने निर्णय गरेको छ

भेलाले शाखाका निवर्तमान अध्यक्ष ध्रुवराज अर्याल र अर्का, पूर्वअध्यक्ष विपिन निरौलाबीच मिति २१ अप्रील २०२२ भएको सहमति पूर्ण रुपमा पालना गर्दै सदस्यताको विवाद अन्त्य गरिएको छ । सहमति अनुसार निरौलाको सिफासिरमा ६ जना शाखाका सदस्यहरु थप गरिएको छ ।

भेलाले निवर्तमान कार्यसमितिले शाखाका सदस्यहरुलाई आइएफजे (अन्तराष्ट्रिय फेडेरेशन अफ जर्नालिष्ट) को सदस्यताको कार्ड बनाउने भन्दै अनधिकृत रुपमा आर्थिक संकलन गरेको शुल्क तत्कालै सदस्यहरुलाई फिर्ता गरि नयाँ प्रकृयाबाट परिचयपत्र वितरण गर्ने निर्णय गरेको छ । स्मरण रहोस् नेपाल पत्रकार महासंघले आइएफजेसँगको आबद्धता गुमाइसकेको छ ।

शाखाको भेलाले नेपाल पत्रकार महासंघ यूकेका सदस्यहरुको एकताको लागि जोड दिदैं सबै पक्षलाई नेपाल पत्रकार महासंघ यूकेको छातामा आबद्ध हुन आग्रह गरेको छ ।
भेलामा नेपाल पत्रकार महासंघ यूकेका पूर्वअध्यक्ष चिरन शर्मा, पत्रकार डा. जगन कार्की लगायतले शुभकामना दिएको भेलाको संचालन शाखाका पूर्वकोषाध्यक्ष देवी गौतमले गरेका थिए ।

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleओली चौथो पटक प्रधानमन्त्री पदमा नियुक्त
Next Article स्पेनलाई चौथोपटक युरोकपको उपाधि

Related Posts

गोर्खा आन्दोलन: वर्षदिनपछि लन्डनमा प्राविधिक बैठक सम्पन्न

June 12, 2025

क्यान्सरलाई जितेपछि एलिस बोडेनले नेपालमा लोबुचे इस्ट आरोहण , £13,000 संकलन

June 11, 2025

नेपाली मिडिया सोसाईटी युके गठन

June 10, 2025

Comments are closed.

ताजा समाचार

गोर्खा आन्दोलन: वर्षदिनपछि लन्डनमा प्राविधिक बैठक सम्पन्न

June 12, 2025

Largest Single-Day Deportation: 37 Nepalis Sent Back from the U.S. Amid Intensified Crackdown

June 11, 2025

क्यान्सरलाई जितेपछि एलिस बोडेनले नेपालमा लोबुचे इस्ट आरोहण , £13,000 संकलन

June 11, 2025

नेपाली मिडिया सोसाईटी युके गठन

June 10, 2025

खुपेन सुनुवारको कवितासङ्ग्रह सार्वजनिक

June 9, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

गोर्खा आन्दोलन: वर्षदिनपछि लन्डनमा प्राविधिक बैठक सम्पन्न

June 12, 2025

Largest Single-Day Deportation: 37 Nepalis Sent Back from the U.S. Amid Intensified Crackdown

June 11, 2025
लोकप्रिय

Onion smuggling rife in Nepal after Indian export ban – FreshPlaza.com

January 9, 2024

नेपाली मुक्केवाज म्याक्सले जिते स्कटीस क्रुजवेट

August 29, 2023
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.