लण्डन । पोर्चुगल सरकारले आप्रवासीहरूलाई पोर्चुगल भित्रिने नियममा कडा गरेको छ । पोर्चुगलले आप्रवासीको रूपमा भित्रन चाहनेहरूका लागि अध्यागमनको कानून परिवर्तन गर्दै अनुमति नदिने नीति लिएको छ । नयाँ सरकारका प्रमुख प्रधानमन्त्री लुईस मोन्टेनेग्रोले सोमबार क्याबिनेटमा नियम पास भए पछि भने ‘अब नियमविना प्रवेश गरेकालाई आवासीय अनुमति दिने कार्यको अन्त्य भएको छ’, ।
यसले नेपालीहरू लगायत आप्रवासीको रूपमा बस्न चाहने विश्वभरका नागरिक प्रभावित हुने भएका छन् ।
सरकारले आप्रवासी प्रवेशको नीतिलाई परिवर्तन गर्दै विदेशीहरूलाई प्रवेश दिए पनि तत्काल आवासीय सुविधा दिन नसक्ने जनाएको छ ।
यसअघि नै दर्ता भएका ४ लाखभन्दा बढी आवासीय अनुमतिका लागि दिइएको आवेदनको काम सकिएपछि मात्र नयाँ नीति लिइने पनि जनाएको छ ।
पोर्चुगलमा अव नियमविना प्रवेश गरेकालाई आवासीय अनुमति दिने कार्यको अन्त्य भएको छ ।
सन् २०२३ मा पोर्चुगलमा विदेशी जनसंख्या करिब ३३ प्रतिशतले बढेको तथ्यांक पनि सार्वजनिक भएको छ । सरकारी तथ्यांकअनुसार कुल १० लाखभन्दा बढी आप्रवासीहरू देशमा कानूनी रूपमा बसिरहेका छन् ।