लण्डन । बिभिन्न चार सूत्रिय माग सहित (एनआरएनए) युकेले सेप्टेम्बर १३मा लण्डन स्थित नेपाली दूतावासको अगाडी प्रदर्शन गर्ने भएको छ ।
अध्यक्ष प्रेम गाहामगरले प्रर्दशन शान्तिपुर्ण हुने बताए । उनले राजदूतावासका तर्फबाट आफूलाई निषेध गरिएकोमा उपनियोग प्रमुख रोशन खनालले माफी माग्नुपर्ने जिकीर गरे ।
गाहामगरले गत साता दूतावासलई बुझाएको ज्ञापनमा नागरिकता ऐन संशोधन, दूतावासमा भेदभाव, पूर्वाग्रह र गोर्खा एवं जनजातीलाई भवन भित्र वहिष्कार गर्ने परिपाटी तत्काल अन्त्य तथा गोर्खा समुदाय बुझेको राजदूत नियुक्त हुनुपर्ने, यूकेमा वृद्धवृद्धा नेपाली र गोर्खा भेट्रानहरुलाई कन्सुलर सेवामा सहयोग गर्न घुम्ती सेवा लागू गर्न अनुरोध र गोर्खा सम्बन्धि एक बेग्लै प्रतिनिधि कार्यालय खोल्न माग गरेका थिए ।
यसैबीच नेपाली दूतावास लण्डनले बुधवार एक विज्ञप्ति जारी गर्दै विगत केही दिन यता सामाजिक संजालमा राजदूतावासमा प्रवेश निषेश गरिएको छ भन्दै गरिएको भ्रामक प्रचारप्रति यस राजदूतावासको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
राजदूतावास बेलायतबासी सम्पूर्ण नेपालीहरुको साझा घर भएको र कसैलाई प्रवेश निषेध नगरिएको विज्ञप्तिमा स्पष्ट पारिएको छ ।
विज्ञप्तिमा ‘नेपालको सबैभन्दा पुरानो राजदूतावासको रुपमा रहेको यस राजदूतावास नेपाल बेलायत सम्बन्ध सुदृढ गर्ने तथा यहाँ रहेका नेपालीहरुको हित संरक्षण तथा प्रवद्र्धनका लागि सदैव कार्य गरिरहेको उल्लेख छ ।
राजदूतावास बेलायतबासी सम्पूर्ण नेपालीहरुको साझा घर भएको र कसैलाई प्रवेश निषेध नगरिएको स्पष्ट गर्दै यस्तो भ्रामक समाचारलाई विश्वास नगर्नुहुन अनुरोध’ गरिएकोछ ।