Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » बेलायतमा एनआरएनको सार्वजनिक सुनुवाई ,गाहामगर पक्षले गर्यो बिरोध
युके समाचार

बेलायतमा एनआरएनको सार्वजनिक सुनुवाई ,गाहामगर पक्षले गर्यो बिरोध

August 27, 2024Updated:August 27, 2024No Comments2 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
बेलायतमा एनआरएनको सार्वजनिक सुनुवाई ,गाहामगर  पक्षले गर्यो बिरोध

लण्डन । गैरआवासीय नेपाली संघका अध्यक्ष डा.बद्री केसीले गैरआवासीय नेपालीहरुको सम्पत्ति सम्बन्धी अधिकारबारे कानुन प्रष्ट हुनु पर्नेमा जोड दिएका छन् ।

डा. केसीले गैरआवासीय नेपाली संघ यूकेद्वारा सोमवार अल्डरशटको एम्पाएर हलमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा गैरआवासीय नेपाली नागरिकताले गैरआवासीय नेपालीहरुको सम्पत्तिको सुरक्षा गरेको बताए ।

उनले भूपूगोर्खाहरुको समान पेन्सन र अधिकारको आन्दोलनको मागलाई बेलायत र नेपालका प्रधानमन्त्रीबीच प्रत्यक्ष वार्ता मार्फत सम्बोधन गर्न माग गरे।

उनले गैरआवासीय नेपाली संघको ११ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई सर्वोच्च अदालतको पछिल्लो फैसलाले आधिकारिक रुपमा काम गर्ने बाटो खोलिदिएको उल्लेख गरे।

कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेमराज शर्माले गैरआवासीय नेपाली संघभित्र एकता कायम राख्न संघका सबै पूर्वअध्यक्षहरु एउटै ठाउँमा उभिन आग्रह गरे।

कार्यक्रमको प्रमुख अतिथि बेलायतका लागि कार्यवाहक राजदूत रोशन खनालले गैरआवासीय नेपाली संघ र नेपाल सरकारबीचको सहकार्यबाट मात्र देशको समृद्धि सम्भव रहेको बताइन्।

संघका उपाध्यक्ष रामशरण सिम्खडाले गैरआवासीय नेपाली संघको निर्वाचित कार्यसमितिलाई ओझेलमा पार्ने प्रयासलाई सर्वोच्च अदालतको हालैको फैसलाले असफल पारिदिएको बताए। उनले हितकाजी गुरुङ्ग अध्यक्ष रहेको गैरआवासीय नेपाली संघ यूकेनै एकमात्र आधिकारिक एनआरएनए भएको बताउँदै कुनै पनि दुविधामा नपर्न आग्रह गरे।

एनआरएनए यूकेका अध्यक्ष हितकाजी गुरुङको अध्यक्षमा अयोजित कार्यक्रममा संघकी महिला उपाध्यक्ष रोजिना प्रधान राई, गैरआवासीय नेपाली संघका सल्लाहकार सूर्य गुरुङ, संघकी सचिव टिका गुरुङ, एनआरएनए यूरोप उपसंयोजक रोर्वट लिम्बु, प्रवक्ता फडिन्द्र पन्त, एनआरएनए हङकङका अध्यक्ष गोकर्ण ढकाल, तमुधीं यूकेका अध्यक्ष हरि गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए।
महासचिव गोविन्द खरेलले संचालन गरेको सार्वजनिक सुनुवाईमा सयपत्री परिवारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो।

यसैबीच

प्रेम गाहामगर अध्यक्ष रहेको एनआरएनए यूकेले , डा.बद्री केसी र लन्डनस्थित नेपाली दूतावासकी कार्यवाहक राजदूत रोशन खनाल सहभागी भएको कार्यक्रममा नाराबाजीका साथ बिरोध गर्यो ।

गाहा समर्थित युवाहरुले बेलायतका लागि समावेशी राजदूत चाहियो, बद्री केसी आइएलओमा भ्रस्टाचार गरेको पैसा फिर्ता गर, पूर्वाग्रही उपनियोग प्रमुख रोशन खनाल राजिनामा देउ लेखिएका प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए ।

गाहामगरले आफूलाई बिना कारण दूतावासमा प्रवेश नदिइएको भन्दै कार्यवाहक राजदूत रोशन खनाल माथि रोष प्रकट गर्दै आईरहेका छन् ।

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleनेपाली मेला सम्पन्न , पासा पुचले जित्यो एम्बेसडर कप
Next Article प्रेम गाहामगर नेतृत्वको एनआरएनएले लण्डन स्थित नेपाली दूतावास घेर्ने

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने

September 1, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

UK’s India Gate to commemorate role of soldiers from World Wars, including Nepal

April 25, 2024

America returns US$1 million in stolen antiquities to Nepal

December 6, 2023
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.