Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » प्रवासी नेपाली मंचको२० औं वार्षिकोत्सव
युके समाचार

प्रवासी नेपाली मंचको२० औं वार्षिकोत्सव

January 6, 2025No Comments2 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
प्रवासी नेपाली मंचको२० औं वार्षिकोत्सव

लन्डन । नेकपा एमाले सम्बद्ध प्रवासी नेपाली मंच युकेले आफनो स्थापनाको २० औं वार्षिकोत्सव मनाएको छ। आइतबार पश्चिम लन्डनमा आयोजित समारोहबीच मंचले बार्षिकोत्सव मनाएको हो ।

प्रवासी नेपाली मंच युकेका अध्यक्ष तुङ्गभद्र भुसालको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व अध्यक्षहरु दिनेश घिमिरे, रामशरण सिंखडा, राजेन्द्र पुडासैनी, सुरेन्द्र थपलिया लगायतले शुभकामना दिएका थिए।

पूर्व अध्यक्ष सुरेन्द्र थपलियाले श्रमिक राहत कोष खडा गर्न संस्थाले छिट्टै आकर्षक उपहार सहितको राफल टिकट बिक्री अभियान संचालन गर्न लागेको जनाए।

त्यस्तै प्रवासी नेपाली मंच युके इन्चार्ज सरस्वती केसी, प्रवासी नेपाली मंचका पुर्व अध्यक्ष तथा अन्तरराष्ट्रिय कमिटिका उपसचिव कर्ण शाही, ओएनएफ युके नर्थ वेष्ट कमिटि अध्यक्ष भिम लाल भट्टराई लगायतले पनि शुभकामना दिए।

२० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा प्रवासी नेपाली मंच अन्तरराष्ट्रिय कमिटिका अध्यक्ष भक्त गुरुङले सन् २००४ मा तत्कालिन राजा ज्ञानेन्द्रले लोकतन्त्र अपहरण गरेको बेला लोकतन्त्र तथा मानव अधिकारको रक्षा गर्न एनडीएफको स्थापना गरिएको बताए।

उनले नेपाललाई समृद्ध बनाउन, यहाँ आर्जन गरेको ज्ञान र धनलाई नेपालसंग जोड्न र समृद्ध नेपाल बनाउन संस्थाले काम गर्नु पर्नेमा जोड दिए।उनले डायस्पोरा संग नजोडिंदा सम्म नेपालको विकास सम्भव छैन भन्दै भारत लगायत संसारभरि रहेका डायस्पोरालाई समृद्ध नेपाल बनाउन परिचालित गर्नु पर्ने जनाए।

शुभकामना मन्तव्य दिंदै राष्ट्रिय स्वतन्त्र पार्टी युकेका अध्यक्ष पवन शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी एक वैकल्पिक पार्टीको रुपमा स्थापित भै सकेको बताउंदै जुनसुकै पार्टीमा भए पनि सुसंस्कृत विचार राख्न आग्रह गरे।

प्रवासी नेपाली मंच युकेका अध्यक्ष तुङ्गभद्र भुसालले कोभिड महामारीको समयमा मन्चले अन्तरराष्ट्रिय कमिटिसंग मिलेर पोखराको एक अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नुका साथै थुप्रै अक्सिजन कन्सनट्रेटरहरु नेपाल पठाएको स्मरण गरे ।

उनले सन् २०१५ को महाभूकम्प लगायत विपदको बेलामा सक्दो सहयोग गर्दै आएको जनाए।उनले मंच नेकपा एमालेसंग निकट रहेको बताउंदै एमालेका राम्रा कामहरुको प्रचार प्रसार गर्नुका साथै कमी कमजोरी सच्याउन आफुहरुले रचनात्मक सुझाव पनि दिने गरेको बताए।

कार्यक्रममा सपन राई तथा श्याम खत्रीले विभिन्न गीत प्रस्तुत गरेका थिए। त्यस्तै सीमा अधिकारी, अनीशा लगायतले रोचक नृत्य प्रस्तुत गरे।

प्रवासी नेपाली मंच युकेका सचिव पुण्य रेग्मीले संचालन गरेको समारोहमा कार्यक्रम संयोजक कृष्ण भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने उपाध्यक्ष डा. मुकुन्द बास्तोलाले हेल्थ एण्ड सेफ्टीका बारेमा जानकारी गराएका थिए ।

बार्षिकोत्सवमा बेलायतमा बसोबास गर्ने एमाले सँग निकटता राख्ने पुराना तथा नयाँ सदस्यहरुको उपस्थिति थियो ।

कार्यक्रममा संस्थापक अध्यक्ष स्वर्गीय आङ्ग कल्जंग लामाको आत्माको चिर शान्तिको कामना गरिएको गरिएको थियो।

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous ArticleKandara Set to Rock Indigo at The O2 with Swoopna Suman and The Asters
Next Article रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न कास्की अदालतको आदेश

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने

September 1, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

डिसेम्बरको तेश्रो साता ‘मह जोडी बेलायत आउने

December 3, 2023

१२ वर्षपछि ऐतिहासिक पुनरागमन: नेपालले स्कटल्यान्डलाई टी-२० मा हरायो

June 17, 2025
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.