लण्डन । नेपाल पत्रकार महासंघको महाधिवेशनको नयाँ मिति आगामी ५ असोजमा हुने भएको छ ।
अध्यक्ष विपुल पोखरेलले बक्तव्य जारी गरेर सबै तहको निर्वाचन ५ असोजमा हुने जानकारी दिएका हुन् ।
‘ असोज ५ गते महासंघको सबै तहको निर्वाचन एकैसाथ सम्पन्न गर्न निर्वाचन समितिलाई पत्राचार गरिएको जानकारी गराउँछु । साथै, यो निर्वाचनलाई सफल बनाउन सबैसँग हार्दिक आग्रह गर्छु’, अध्यक्ष पोखरेलले वक्तव्यमा भनेका छन् ।
बेलायत शाखाको अधिवेशन तयारी समितिले नेपाल पत्रकार महासंघका अनुसार महासंघको निर्वाचन २०८१ असोज ५ (सेप्टेम्बर २१, २०२४) मा सबै तहको निर्वाचन एकैसाथ सम्पन्न गर्न निर्वाचन समितिलाई पत्राचार गरिएको बेलायतस्थित नेपाली जनसमुदायलाई जानकारी गराएको छ ।
गत जुलाइ १४, २०२४ मा एउटा समूहले केन्द्रको निर्देशन बिपरित एकल कार्यसमितिको घोषणा गरेको थियो ।