Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Saturday, June 14
मुख्य समाचार :
  • गोर्खा आन्दोलन: वर्षदिनपछि लन्डनमा प्राविधिक बैठक सम्पन्न
  • Largest Single-Day Deportation: 37 Nepalis Sent Back from the U.S. Amid Intensified Crackdown
  • क्यान्सरलाई जितेपछि एलिस बोडेनले नेपालमा लोबुचे इस्ट आरोहण , £13,000 संकलन
  • नेपाली मिडिया सोसाईटी युके गठन
  • खुपेन सुनुवारको कवितासङ्ग्रह सार्वजनिक
  • यूके अधिवेशनमा सहभागी हुन एमाले महासचिव शंकर पोखरेल बेलायत आउँदै
  • गणतन्त्र दिवसमा लन्डनको नेपाली राजदूतावासमा भव्य समारोह
  • तेस्रो नेपाली फिल्म फेस्टिभल यूके २०२५ : समापन समारोहका लागि कलाकारहरू लन्डनमा, ग्रीनफोर्ड हलमा हुने तयारी अन्तिम चरणमा
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » भक्तपुरको बिस्का जात्राको झल्को लण्डनमा
युके समाचार

भक्तपुरको बिस्का जात्राको झल्को लण्डनमा

April 14, 2024Updated:April 14, 2024No Comments2 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
भक्तपुरको बिस्का जात्राको झल्को लण्डनमा

दिनेश कुमार परियार

लन्डन। नेपालको ऐतिहासिक नगर भक्तपुरको झल्को दिलाउने गरि लन्डनमा शनिवार  बिस्का जात्रा सम्पन्न भएको भयो ।

आयोजक पासा पुचः गुथि यूकेले प्लमस्टिडस्थित एशियन कम्युनिटी सेन्टरमा जात्रा आयोजना गरेको हो । गुथिका अध्यक्ष सुशील प्रजापतिले जात्रामा उत्साहजनक सहभागिता भएको बताए ।


जात्रामा लण्डन र आसपासबाहेक केन्ट, अल्डरसट, रेडिङ, बर्मिङहम, म्यान्चेस्टरदेखि स्कटल्याण्डबाट समेत सहभागीहरु आएका थिए । उनीहरुमध्ये झण्डै आधा गैरनेवार थिए।

जात्रामा नेवार र गैरनेवार समुदायका अधिकांश सहभागीहरु मौलिक नेवारी पहिरनमा सजिएका थिए । जात्रामा परम्परागत बाजाहरु धिमे र ढाः बाजाको साथमा मौलिक भैरव, कालभैरव र ख्या नाचका दृश्य साँच्चीकै भक्तपुरकै झल्को दिलाउने खालका थिए।

जात्राको मुख्य आकर्षण बेलायतमै निर्माण गरिएका भैरवनाथ र भद्रकालीका रथहरु थिए । परम्पराअनुसार मौलिक बाजागाजा र नाचगानसहित दुवै रथहरुलाई तान्दै मैदानमा ल्याएर लिंगो उठाएपछि बिस्का जात्रा शुरु भएको थियो । त्यसपछि जात्राका सबै सहभागीलाई समे बजी बाँडिएको थियो ।

अन्त्यमा योसिंद्यो ढालेर दुवै रथलाई तीनपटक जुधाइएको थियो ।जात्रामा आयोजक गुथिका शाखाहरुसहित जम्मा ८ वटा समूहले लगातार दिनभर धिमे बाजा र ढाः बाजाको प्रस्तुति गरेका थिए। बेलायतमै जन्मिएका, यतै हुर्किएका किशोरकिशोरीहरु समेत मौलिक नेवारी बाजाहरु बजाउंदै, रम्दै गरेको निकै सुन्दर देखिन्थ्यो ।

कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले जात्राबाट बेलायतमा नेवारी संस्कृतिको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुगेको बताए ।

सो अवसरमा विशेष अतिथिहरु लन्डन ग्रीनवीच बरोका उपमेयर जीत रानाभाट र गुठी तथा सांस्कृतिक अभियन्ता गणपतिलाल श्रेष्ठले पनि शुभकामना मन्तव्य दिएका थिए। जात्रा संयोजक माधवलाल श्रेष्ठले स्वागत तथा गुथिका अध्यक्ष सुशिल प्रजापतिले धन्यवाद ज्ञापन गरेका थिए । महासचिव नगेन्द्र श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।

सन् २०२२ मा पहिलोपटक आयोजित लन्डन बिस्का जात्राको यो दोस्रो संस्करण थियो । जात्रा संयोजक एवम् गुथिका साउथ इष्ट शाखा अध्यक्ष माधवलाल श्रेष्ठले भविष्यमा बिस्का जात्रालाई हरेक वर्ष आयोजना गर्ने बताए ।

 

 

नेपाल बिस्काजात्रा लन्डन
Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleकिर्तीमानी हरि बुढामगरले पाए गिनिज वर्ल्डको रेकर्ड
Next Article नेपालका धावक पार्कीले पूरा गरे लन्डन म्याराथन , एक सय पचास भन्दा बढी नेपालीले गरे दौड पुरा

Related Posts

गोर्खा आन्दोलन: वर्षदिनपछि लन्डनमा प्राविधिक बैठक सम्पन्न

June 12, 2025

क्यान्सरलाई जितेपछि एलिस बोडेनले नेपालमा लोबुचे इस्ट आरोहण , £13,000 संकलन

June 11, 2025

नेपाली मिडिया सोसाईटी युके गठन

June 10, 2025

Comments are closed.

ताजा समाचार

गोर्खा आन्दोलन: वर्षदिनपछि लन्डनमा प्राविधिक बैठक सम्पन्न

June 12, 2025

Largest Single-Day Deportation: 37 Nepalis Sent Back from the U.S. Amid Intensified Crackdown

June 11, 2025

क्यान्सरलाई जितेपछि एलिस बोडेनले नेपालमा लोबुचे इस्ट आरोहण , £13,000 संकलन

June 11, 2025

नेपाली मिडिया सोसाईटी युके गठन

June 10, 2025

खुपेन सुनुवारको कवितासङ्ग्रह सार्वजनिक

June 9, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

गोर्खा आन्दोलन: वर्षदिनपछि लन्डनमा प्राविधिक बैठक सम्पन्न

June 12, 2025

Largest Single-Day Deportation: 37 Nepalis Sent Back from the U.S. Amid Intensified Crackdown

June 11, 2025
लोकप्रिय

Nepal becomes first South Asian country to register same-sex marriage – Sky News

November 30, 2023

ईन्गल्याण्ड युरो २०२४ फाईनलमा , स्पेनसंग हुनेछ प्रतिस्पर्धा

July 10, 2024
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.