Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Tuesday, June 17
मुख्य समाचार :
  • १२ वर्षपछि ऐतिहासिक पुनरागमन: नेपालले स्कटल्यान्डलाई टी-२० मा हरायो
  • गर्भपतन गैर कानुनी नहुने : बेलायतमा संसदबाट ऐतिहासिक प्रस्ताव पारित
  • प्रवासी नेपाली मञ्च यूकेले चुन्यो सर्वसम्मत नेतृत्व, अध्यक्ष बने पशुपति पोखरेल
  • एमाले नेता पोखरेलको आश्वासन, ग्रैह आवसीय नागरिकताको अब चाँडै
  • गोर्खा आन्दोलन: वर्षदिनपछि लन्डनमा प्राविधिक बैठक सम्पन्न
  • Largest Single-Day Deportation: 37 Nepalis Sent Back from the U.S. Amid Intensified Crackdown
  • क्यान्सरलाई जितेपछि एलिस बोडेनले नेपालमा लोबुचे इस्ट आरोहण , £13,000 संकलन
  • नेपाली मिडिया सोसाईटी युके गठन
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » १२ वर्षपछि ऐतिहासिक पुनरागमन: नेपालले स्कटल्यान्डलाई टी-२० मा हरायो
खेल

१२ वर्षपछि ऐतिहासिक पुनरागमन: नेपालले स्कटल्यान्डलाई टी-२० मा हरायो

June 17, 2025No Comments2 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
१२ वर्षपछि ऐतिहासिक पुनरागमन: नेपालले स्कटल्यान्डलाई टी-२० मा हरायो

लन्डन — नेपाली क्रिकेट टोलीले १२ वर्षपछि स्कटल्यान्डविरुद्ध टी-२० अन्तर्राष्ट्रियमा पहिलो जित हात पार्दै ऐतिहासिक पुनरागमन गरेको छ। मंगलबार स्कटल्यान्डमै जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले स्कटल्यान्डलाई २ विकेटले पराजित गरेको हो।

सन् २०१३ मा स्कटल्यान्डसँग पराजित भएपछि नेपालले यस फर्म्याटमा पुनः खेल्ने मौका पाएको थिएन। करिब एक दशकपछि पुनः भेट भएको खेलमा नेपालले स्कटल्यान्डलाई हराउँदै पुरानो हिसाब मिलाएको छ।

कम स्कोर, उच्च रोमाञ्च

टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले १९.४ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ९७ रन बनायो। स्कटल्यान्डका मिचेल लिस्कले ४६ रन बनाए भने अन्य ब्याट्सम्यान नेपाली बलिङको दबाबमा लामो समय टिक्न सकेनन्।

नेपालका लागि सन्दीप लामिछाने बलिङका नायक बने। उनले ४ ओभरमा १ मेडन सहित ११ रन दिँदै ४ विकेट लिए। करण केसी र दीपेन्द्र सिंह ऐरीले २-२ विकेट र ललित राजवंशीले १ विकेट हात पारे।

कठिन लक्ष्य पछ्याउँदै संघर्षपूर्ण जित

नेपालले ९८ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा सुरुवात राम्रै गरे तापनि खेलको अन्त्यतिर दवावमा पर्‍यो। ओपनर कुशल भुर्तेलले ३० रन बनाउँदै राम्रो आधार तयार पारे। तर विकेट निरन्तर खस्दा खेल रोमाञ्चक बन्दै गयो।

अन्तिम ओभरमा नेपाललाई जितका लागि ४ रन आवश्यक थियो। १९.४ ओभरमा नेपालले आठौं विकेट गुमायो। अन्तत: करण केसी र सन्दीप लामिछानेले संयमित खेल प्रदर्शन गर्दै नेपाललाई २ विकेटको कठिन जित दिलाए।

नेपालले यसअघि शृंखलाको पहिलो खेलमा नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा हार बेहोरेको थियो।

यो खेल नेपाल र स्कटल्यान्डबीचको पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल थियो। नेपालले सन् २०१३ मा स्कटल्यान्डसँग खेलेको टी-२० विश्वकप क्वालिफायरमा ८ विकेटले पराजय बेहोरेको थियो।

१२ वर्षपछि नेपालले त्यो हारको जवाफ जितमार्फत फर्काउन सफल भएको छ।

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleगर्भपतन गैर कानुनी नहुने : बेलायतमा संसदबाट ऐतिहासिक प्रस्ताव पारित

Related Posts

गर्भपतन गैर कानुनी नहुने : बेलायतमा संसदबाट ऐतिहासिक प्रस्ताव पारित

June 17, 2025

प्रवासी नेपाली मञ्च यूकेले चुन्यो सर्वसम्मत नेतृत्व, अध्यक्ष बने पशुपति पोखरेल

June 17, 2025

एमाले नेता पोखरेलको आश्वासन, ग्रैह आवसीय नागरिकताको अब चाँडै

June 15, 2025
Leave A Reply Cancel Reply

ताजा समाचार

१२ वर्षपछि ऐतिहासिक पुनरागमन: नेपालले स्कटल्यान्डलाई टी-२० मा हरायो

June 17, 2025

गर्भपतन गैर कानुनी नहुने : बेलायतमा संसदबाट ऐतिहासिक प्रस्ताव पारित

June 17, 2025

प्रवासी नेपाली मञ्च यूकेले चुन्यो सर्वसम्मत नेतृत्व, अध्यक्ष बने पशुपति पोखरेल

June 17, 2025

एमाले नेता पोखरेलको आश्वासन, ग्रैह आवसीय नागरिकताको अब चाँडै

June 15, 2025

गोर्खा आन्दोलन: वर्षदिनपछि लन्डनमा प्राविधिक बैठक सम्पन्न

June 12, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

१२ वर्षपछि ऐतिहासिक पुनरागमन: नेपालले स्कटल्यान्डलाई टी-२० मा हरायो

June 17, 2025

गर्भपतन गैर कानुनी नहुने : बेलायतमा संसदबाट ऐतिहासिक प्रस्ताव पारित

June 17, 2025
लोकप्रिय

बेलायतमा छुरा प्रहारबाट तीन बालिकाको मृत्यु , स्थानीयसंगको झडपमा प्रहरी घाईते

July 30, 2024

नेपाली दूतावासले जातीय भेदभाव गरेको एनआरएनए गाहापक्षको आरोप

August 16, 2024
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.