Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » गर्भपतन गैर कानुनी नहुने : बेलायतमा संसदबाट ऐतिहासिक प्रस्ताव पारित
युके समाचार

गर्भपतन गैर कानुनी नहुने : बेलायतमा संसदबाट ऐतिहासिक प्रस्ताव पारित

June 17, 2025No Comments2 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
गर्भपतन गैर कानुनी नहुने : बेलायतमा संसदबाट ऐतिहासिक प्रस्ताव पारित

लन्डन — बेलायतको संसदले इंग्ल्याण्ड र वेल्समा गर्भपतन (अबोर्शन) लाई अपराध मान्ने पुरानो कानुन हटाउने प्रस्तावलाई प्रारम्भिक स्वीकृति दिएको छ। यो कानुन विक्टोरियन युग (१९ औं शताब्दी) देखि प्रचलनमा थियो, जसका कारण पछिल्ला वर्षहरुमा महिलामाथि प्रहरी अनुसन्धानको संख्या बढ्दै गएको देखिएको थियो।

हाल इंग्ल्याण्ड र वेल्समा २४ हप्तासम्मको गर्भपतन वैध मानिन्छ, तर त्यसका लागि दुई चिकित्सकको सहमति आवश्यक पर्छ। तर २४ हप्ता नाघेपछि गर्भपतन गर्ने महिलालाई अहिले पनि आपराधिक अभियोग लाग्न सक्ने व्यवस्था थियो, जसको सजाय आजीवन कैदसम्म हुन सक्थ्यो।

यद्यपि बेलायतमा यस्ता अभियोग विरलै लाग्ने गरेका छन्, कोरोना महामारीपछि घरमै गर्भपतनको औषधि प्रयोग गर्ने व्यवस्था ल्याइएपछि अभियोग र अनुसन्धानका घटना बढ्न थालेका थिए।

स्वतन्त्र मतदान प्रक्रियामा मंगलबार संसदमा उक्त प्रस्तावलाई ३७९ मतले समर्थन र १३७ मतले विरोध गर्दै प्रारम्भिक स्वीकृति दिइएको हो। यो संशोधन अनुसार अब महिलालाई जुनसुकै अवस्थामा गर्भपतन गरे पनि अपराध मानिने छैन, तर चिकित्सक वा अन्य व्यक्तिले २४ हप्ताको सीमाबाहिर गर्भपतन गराउन सहयोग गरेमा भने कानुनी कारबाहीको सम्भावना रहनेछ।

यो प्रस्ताव अझै संसदको माथिल्लो सदन (हाउस अफ लर्ड्स) बाट पास हुनुपर्ने भएकाले पूर्ण कार्यान्वयनमा आउन केही समय लाग्न सक्छ।

संशोधन प्रस्ताव गर्ने लेबर पार्टीकी सांसद टोनिया एन्टोनियाजी ले विगत पाँच वर्षमा १०० भन्दा बढी महिलामाथि अनुसन्धान गरिएको भन्दै यो कानुन महिलामाथि अन्याय भएको बताइन्। उनले भनिन्, “यी सबै घटनाहरु हाम्रो पुरानो र क्रूर कानुनका कारण भएको अन्याय हो, अब यो सकिनै पर्छ।”

सांसद एन्टोनियाजीका अनुसार कतिपय महिलाले समयपूर्व बच्चा जन्माउँदा, वा हिंसात्मक सम्बन्धका कारण गर्भपतन गराउँदा समेत प्रहरी अनुसन्धानमा पर्नु परेको थियो।

यो संशोधन व्यापक अपराध न्याय सुधार विधेयक अन्तर्गत रहेको छ, जसले यदि पारित भयो भने बेलायतको गर्भपतनसम्बन्धी कानुन फ्रान्स, क्यानडा र अष्ट्रेलियाजस्ता पश्चिमी देशहरुसँग समान स्तरमा पुर्‍याउनेछ।

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleप्रवासी नेपाली मञ्च यूकेले चुन्यो सर्वसम्मत नेतृत्व, अध्यक्ष बने पशुपति पोखरेल
Next Article १२ वर्षपछि ऐतिहासिक पुनरागमन: नेपालले स्कटल्यान्डलाई टी-२० मा हरायो

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने

September 1, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

मनीषा कोइरालालाई बेलायतको युनिभर्सिटी अफ ब्राडफोर्डबाट मानार्थ डाक्टरेट उपाधि

July 16, 2025

इंगल्याण्डमा तौल घटाउने इन्जेक्सन उपलब्ध ; मापदण्ड कडा

June 23, 2025
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.