Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » प्रवासी नेपाली मञ्च यूकेले चुन्यो सर्वसम्मत नेतृत्व, अध्यक्ष बने पशुपति पोखरेल
युके समाचार

प्रवासी नेपाली मञ्च यूकेले चुन्यो सर्वसम्मत नेतृत्व, अध्यक्ष बने पशुपति पोखरेल

June 17, 2025No Comments2 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
प्रवासी नेपाली मञ्च यूकेले चुन्यो सर्वसम्मत नेतृत्व, अध्यक्ष बने पशुपति पोखरेल

लन्डन — बेलायतमा सक्रिय नेकपा एमालेनिकट प्रवासी नेपाली मञ्च यूके (ONF UK) ले नयाँ नेतृत्व चयन गरेको छ। लेष्टरमा सम्पन्न मञ्चको नवौं राष्ट्रिय अधिवेशनले पशुपति पोखरेललाई सर्वसम्मत रूपमा नयाँ अध्यक्ष चयन गरेको हो।

पशुपति पोखरेल मञ्चमा लामो समयदेखि क्रियाशील नेता हुन्। उपाध्यक्ष हुँदै संघसंस्था समन्वय विभाग प्रमुखको जिम्मेवारी सम्हालेका पोखरेल अब तीन वर्षका लागि अध्यक्ष बनेका छन्। अध्यक्ष पोखरेलले आफ्नो कार्यकालमा प्रवासी नेपालीहरुको हितमा सक्रिय रूपमा काम गर्ने र संगठन विस्तारलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्।

नवनिर्वाचित कमिटीमा चार जना उपाध्यक्ष चयन भएका छन् — प्रतिमा जिसी, डा. मुकुन्द बास्तोला, लिलामान शेरपुञ्जा पुन र सुदेशा बजगाईं।
सचिवमा गंगा क्षेत्री चयन भएका छन् भने उपसचिवमा हरि आचार्य, श्याम लुईंटेल र दुर्गा बानिया चयन भएका छन्। एक उपसचिव पछि मनोनयन गर्ने निर्णय गरिएको छ।
सदस्यहरुमा शम्भुप्रसाद अर्याल, अर्जुन चापागाईं, तारानाथ भण्डारी, अर्कराज तिम्सिना, वीरकाजी गुरुङ, अञ्जु पाठक र प्रेम गुरुङ रहेका छन्।

अधिवेशनमा नेकपा एमालेका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्य रहेको थियो। महासचिव पोखरेलले नयाँ नेतृत्वलाई बधाई दिँदै प्रवासी नेपालीहरुको हक अधिकारका लागि अझ सशक्त रुपमा अगाडि बढ्न आग्रह गरे। उनले एनआरएन नागरिकताको विषय चाँडै समाधान हुने प्रतिबद्धता पनि दोहोर्‍याए।

नयाँ नेतृत्वलाई ओएनएफ अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले शपथ ग्रहण गराएका थिए।

कृष्ण भण्डारीले सहमतिका लागि अध्यक्ष पदबाट आफ्नो दाबी फिर्ता लिएपछि पोखरेलको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन भएको हो।

अध्यक्ष पोखरेलले आउँदै गरेको एनआरएनए यूके निर्वाचनमा मञ्चको भूमिकालाई प्रभावकारी बनाउने घोषणा गरे। साथै, संगठन विस्तार र प्रवासी नेपालीहरुको हितका मुद्दामा अझ प्रस्ट र सक्रिय भूमिका खेल्ने बताए।

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleएमाले नेता पोखरेलको आश्वासन, ग्रैह आवसीय नागरिकताको अब चाँडै
Next Article गर्भपतन गैर कानुनी नहुने : बेलायतमा संसदबाट ऐतिहासिक प्रस्ताव पारित

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने

September 1, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

बेलायतको पुरानो नेपाली संस्थाको नेतृत्व लिन किन तम्सिए टंक भट्टराई

May 2, 2025

बेलायतका नेपाली दर्शकले हेरे दयाहाँग राईसंगै चलचित्र ‘गाउँ आएको बाटो’

June 29, 2024
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.