Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » बेलायतमा एनआरएनए यूके निर्वाचनका सम्पूर्ण तयारी सकिएको घोषणा, अनलाइन मतदान शनिबारदेखि सुरु हुने
युके समाचार

बेलायतमा एनआरएनए यूके निर्वाचनका सम्पूर्ण तयारी सकिएको घोषणा, अनलाइन मतदान शनिबारदेखि सुरु हुने

July 24, 2025Updated:July 24, 2025No Comments2 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
बेलायतमा एनआरएनए यूके निर्वाचनका सम्पूर्ण तयारी सकिएको घोषणा, अनलाइन मतदान शनिबारदेखि सुरु हुने

कानुनी रुपमा कुनै पनि चुनौति व्यहोर्न तयार र्छौ- प्रमुख निर्वाचन आयुक्त रामशरण सिम्खडा

लन्डन, जुलाई २४ – गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले आगामी शनिबार हुने निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। निर्वाचन समितिले बिहीबार साँझ पत्रकार सम्मेलन गर्दै तयारीबारे विस्तृत जानकारी दिएको हो।

 अनलाइन मतदान
निर्वाचन यही २६ जुलाई शनिबार मध्यरात ००:०० बजेबाट सुरु भई राति १०:०० बजे सम्म अनलाइन माध्यमबाट सम्पन्न हुनेछ। मतदानको सम्पूर्ण प्रक्रिया ISO सर्टिफाइड भेरो भोटिङ सिस्टम प्रयोग गरेर गरिनेछ, जसले विश्वभरबाट योग्य सदस्यलाई सुरक्षित र पारदर्शी रूपमा मतदान गर्न सक्षम बनाउनेछ।

प्रमुख निर्वाचन आयुक्त रामशरण सिम्खडाले निर्वाचनलाई पारदर्शी र निष्पक्ष बनाउने दृढता व्यक्त गर्दै भने, “संसारभरका नेपालीको नजर अहिले यो निर्वाचनमा छ। हामी सबैलाई विश्वास दिलाउन चाहन्छौं कि प्रक्रिया पूर्णरूपमा सुरक्षित र निष्पक्ष हुनेछ।”

सिम्खडाले जानकारी गराएअनुसार, सदस्यता लिँदा प्रयोग गरिएको इमेलमा भेरो भोटिङबाट एक परीक्षण लिंक शुक्रबार पठाइनेछ। उक्त प्रणालीमा ८० प्रतिशत फेस म्याचिङ भएको खण्डमा मात्र भोट गर्ने सुविधा प्राप्त हुनेछ। स्मार्ट एनआरएनए एपमार्फत भोट हाल्न नपाइने जनाइएको छ। त्यस्तै, एकै वाइफाइ नेटवर्कबाट ७ जनाभन्दा बढीले मतदान गर्न नपाउनेव्यवस्थासमेत गरिएको छ।

भेरो कम्पनीका ३ जना विशेषज्ञ र एनआरएनएका २ जना आइटी विशेषज्ञ मिलेर बनाइएको टोलीले बिहान १० देखि बेलुका १० बजेसम्म सहयोग गर्नेछ।

रामशरण सिंखडाले सर्वोच्चको फैसला र परराष्ट्रको म्यान्डेट अनुसार राष्ट्रिय समन्वयको कार्यअधिकार भित्र रहेर निर्वाचन हुन लागेकाले अरु प्रति टिका टिप्पणी नगर्ने बताए ।

कानुनी रुपमा कुनै पनि चुनौति व्यहोर्न तयार र्छौ भन्दै उनले हुल हुज्जत भएमा यो देशको सरकार र प्रहरीले हेर्नेमा बिश्वास व्यक्त गरे ।

नतिजा घोषणा र पदस्थापन समारोह
निर्वाचन परिणाम २७ जुलाई आइतबार साँझ ५ बजे अल्डरसट एम्पायर हलमा आयोजित कार्यक्रममार्फत सार्वजनिक गरिनेछ। सो अवसरमा विजयी पदाधिकारीको शपथ तथा प्रमाणपत्र वितरण गरिनेछ।

  • केन्द्रिय सहकोषाध्यक्ष कृष्ण तिमिल्सेनाले सबैलाई भोट हाल्न अनुरोध गर्दै चुनावलाई ICC केन्द्रले पनि गम्भीरतापूर्वक नियालिरहेको जानकारी दिए।

  • संस्थापक तथा ICC सल्लाहकार चिरञ्जिवी ढकालले अघिल्ला प्राविधिक समस्याबाट पाठ सिक्दै निष्पक्ष निर्वाचनको शुभकामना दिए।

  • निर्वाचन समिति सदस्य सचिव श्याम लुईँटेलले एक उपाध्यक्ष उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि अब चारजनामात्र प्रतिस्पर्धामा रहेको बताए। उनले संसारभरबाट योग्य मतदाताले सहज रूपमा मतदान गर्न सक्ने बताए।


निर्वाचन समितिमा सिम्खडा, लुईँटेलसहित विक्रम भट्टराई, विमल गुरुङ र राजन खकुराल रहेका छन्, यद्यपि प्रेस कार्यक्रममा ती सदस्य सहभागी थिएनन्।

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleएनआरएनए यूकेको निर्वाचन: तीन उम्मेदवारबीच प्रतिस्पर्धा
Next Article १४८२ मतसहित राजेन्द्र पुडासैनी एनआरएनए यूकेको नयाँ अध्यक्षमा विजयी

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने

September 1, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

एनबीसी युकेको साधारण सभामा सगरमाथा आरोही महिलाको प्रेरणायुक्त सन्देश

March 12, 2025

केपी ओली पुनः प्रम बन्दै

July 12, 2024
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.