Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » एनआरएनए यूकेको निर्वाचन: तीन उम्मेदवारबीच प्रतिस्पर्धा
युके समाचार

एनआरएनए यूकेको निर्वाचन: तीन उम्मेदवारबीच प्रतिस्पर्धा

July 24, 2025Updated:July 24, 2025No Comments3 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
एनआरएनए यूकेको निर्वाचन: तीन उम्मेदवारबीच प्रतिस्पर्धा

लन्डन, जुलाई २४ – गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको १२औं कार्यसमिति चयनका लागि निर्वाचनको प्रक्रिया तीव्र बन्दै गएको छ। आगामी जुलाई २६ शनिबारका दिन अनलाइन मतदान हुने तयारी हुँदै गर्दा बद्री केसी पक्ष निर्वाचन प्रक्रियामा जुटिरहेको छ।

यद्यपि धेरै पदमा उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन्, अध्यक्ष, उपाध्यक्ष र महासचिवजस्ता प्रमुख पदहरूमा भने चुनावको आवश्यकता देखिएको छ। यसपटक अध्यक्ष पदका लागि राजेन्द्र पुडासैनी, गोविन्द खरेल र मनिष खत्री मैदानमा उत्रिएका छन्।


मनिष खत्री: युवापुस्ता र समावेशी नेतृत्वको नारा

एनआरएनए यूकेको एनसीसी उपाध्यक्ष रहिसकेका मनिष खत्रीले “संस्थागत एकता, समावेशी नेतृत्व” नाराका साथ उम्मेदवारी दिएका छन्। पेशाले सफ्टवेयर इन्जिनियर उनी आफूलाई स्वतन्त्र उम्मेदवारका रूपमा प्रस्तुत गर्छन्।

खत्रीको एजेण्डा अन्तर्गत:

  • वंशजलाई नेपाली नागरिकता निरन्तरता,

  • गोर्खा समुदायको अधिकारको वकालत,

  • बेलायतका विद्यालयहरूमा नेपाली भाषा कक्षा,

  • नेपाली खानपान र पर्यटनको प्रवर्द्धन,

  • मातृभूमिको समृद्धिमा योगदान,

उनी भन्छन्, “नेतृत्व योग्यताको आधारमा हुनुपर्छ, उमेरले होइन।” एडिनबरा नेपियर युनिभर्सिटीमा १८ हजार विद्यार्थीको युनियन अध्यक्ष भएका उनले बेलायती सरकारसामु पोस्ट-स्टडी वर्क लगायत मुद्दा उठाएको दाबी गरेका छन्।


राजेन्द्र पुडासैनी: सदस्य–केन्द्रित संघको पक्षमा

अर्का उम्मेदवार राजेन्द्र पुडासैनीले “सदस्य केन्द्रित, जवाफदेही, समावेशी र एकवद्ध एनआरएनए” बनाउने संकल्पका साथ उम्मेदवारी दिएका छन्। उनका १० प्रमुख एजेण्डा यसप्रकार छन्:

  • संस्थाको पुनः ब्राण्डिङ (Rebranding),

  • वृहत्तर राष्ट्रवाद,

  • पूर्व गोर्खा र ज्येष्ठ नागरिकप्रति सम्मान,

  • नेपाली कला-संस्कृति संरक्षण,

  • वंशज नागरिकता निरन्तरता,

  • विशेषज्ञ सञ्जाल र पुस्तान्तरण अभियान,

  • ‘नेपाल हाउस’ निर्माण – सम्पूर्ण नेपालीको साझा पहिचानको थलो।

पुडासैनी भन्छन्, “एनआरएनए यूके सबैको साझा संस्था हो। यसलाई अझ सुदृढ र समावेशी बनाउन म दृढ संकल्पित छु।”


गोविन्द खरेल: अनुभवको आधारमा एकता र व्यवहारिक परिवर्तन

हाल महासचिव तथा पूर्व उपाध्यक्ष गोविन्द खरेल पनि अध्यक्ष पदमा प्रतिस्पर्धामा छन्। इंग्ल्याण्डको नटिङहाम निवासी खरेलले आफ्नो अनुभवलाई प्राथमिकता दिँदै एकता र व्यवहारिक सुधारको एजेण्डा अघि सारेका छन्।

उनका मुख्य प्रस्तावहरू:

  • वंशज नागरिकता निरन्तरता,

  • एनसीसी र राज्य समन्वय परिषदबीच समन्वय,

  • नयाँ–पुरानो पुस्तालाई समेट्ने प्रयत्न,

  • विधान संशोधनमार्फत संस्थालाई व्यवहारिक बनाउने,

  • गोर्खा मुद्दामा ऐक्यबद्धता,

  • धार्मिक, जातीय र सामाजिक संस्थाबीच सहकार्य,

  • युवालाई मातृभूमिसँग जोड्ने अभियान।


विवाद र बहिष्कार: अर्को पक्षको असहमति

यसैबीच, प्रेम गाहा मगर नेतृत्वको एनआरएनए यूकेले निर्वाचन नै अवैधानिक भएको भन्दै बहिष्कारको अपिल गरेको छ। गाहा मगरले सर्वोच्च अदालतको आदेशअनुसार गठन भएको उच्चस्तरीय समितिले एकता महाधिवेशनमार्फत केन्द्रमा महेश श्रेष्ठको नेतृत्व तय भइसकेको र त्यस अनुरूप आफूहरू यूकेको वैधानिक नेतृत्व भएको दाबी गर्दै मतदातालाई ‘भ्रममा नपर्न’ आग्रह गरेका छन्।


मतदाता संख्या न्यून: २ लाख नेपालीमध्ये ३५०१ मतदाता

संयुक्त अधिराज्य (यूके)मा करिब २ लाख नेपालीको बसोबास भए पनि निर्वाचन आयोगका अनुसार जम्मा ३,५०१ मतदाता मात्र छन्। क्षेत्रगत विवरण:

  • इंग्ल्याण्ड: १,८६०

  • स्कटल्याण्ड: १,५१३

  • वेल्स: ७४

  • नर्दन आयरल्यान्ड: ५४

यो कम सहभागिता एनआरएनएप्रति बढ्दो निरपेक्षता र संस्थामा देखिएको विभाजनको संकेतका रूपमा हेरिएको छ।

Election NRNAUK
Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleजापानको ओसाकामा खुल्यो नेपाल मण्डप
Next Article बेलायतमा एनआरएनए यूके निर्वाचनका सम्पूर्ण तयारी सकिएको घोषणा, अनलाइन मतदान शनिबारदेखि सुरु हुने

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने

September 1, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

Nepalese women want to join British Army ; Nepal says ‘NO’

July 17, 2025

युकेमा पहिचान पक्षधरहरुको भेला हुँदै

July 2, 2024
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.