लण्डन / बेलायतमा राष्ट्रिय पहिचान परिषद प्रवास यूकेको स्थापना हुने भएको छ ।
नेपालका पहिचान पक्षधरहरुको पक्षमा आवाज उठाउने उदेश्यले यही जुलाई ६ तारिखमा भेला हुन लागेको अभियन्ता राम ईजमले जानकारी दिए ।
उनले संघीय लोतान्त्रिक राष्ट्रिय मंच, युकेमा रहेको संघीय लोकतान्त्रिक सामाजिक मंच र संघीय लिम्बुवान सामाजिक मन्च परित्याग गरी नयाँ समिति बन्ने जानकारी दिए साथै यो समिति स्वतन्त्र हुने जिकीर गरे ।
पहिचान पक्षधरका अभियन्ताहरु देबी बहादुर तुम्बाहाङ्फे प्रमुख अतिथि र चुडामणि तुम्बाहाङ्फे बिशेष अतिथिका रहने कार्यक्रममा टंक खापुङ र रुपमान कुरुम्बाङ लगाएत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु उपस्थित हुने जनाईएको छ ।
समितिले सबै राष्ट्रिय पहिचानसंग सम्बद्ध संघ संस्थाहरुसंग समन्वय, सहकार्य गर्ने र पहिचानको बिरुद्धमा हुने कृयाकलापको पक्षमा वकालत गर्ने उदेश्य लिएको जनाईएको छ ।
कार्यक्रम फेल्थम कम्युनिटी कलेजको हलमा दिउँसो ११३०मा शुरु हने आयोजकले जनाएका छन् ।