Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Thursday, November 6
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » नेपथ्यको संगीतमा १२ वर्षपछि गुन्जियो लण्डन, झुमे नेपाली दर्शक
युके समाचार

नेपथ्यको संगीतमा १२ वर्षपछि गुन्जियो लण्डन, झुमे नेपाली दर्शक

August 10, 2025Updated:August 10, 2025No Comments2 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
नेपथ्यको संगीतमा  १२ वर्षपछि गुन्जियो लण्डन,  झुमे नेपाली दर्शक

लण्डन / नेपथ्य ब्यान्डले १२ वर्षपछि पुनः वेम्बली एरिनाको मञ्चमा इतिहास दोहोर्याएको छ।
हिजो साँझ, अगस्ट ९ मा, बेलायतको सुप्रसिद्ध वेम्बली एरिनामा नेपथ्यले आफ्नो बहुप्रतिक्षित प्रस्तुति दिँदै एकपटक फेरि नेपाली गीत-सङ्गीतलाई अन्तर्राष्ट्रिय स्तरमा चम्काइदिएको छ।

यो त्यही मञ्च हो, जहाँ सन् २०१3 को अगस्ट ३ मा ब्यान्डले अभूतपूर्व सफलता हासिल गरेको थियो। त्यतिबेला जस्तै, हिजो पनि हजारौं दर्शकहरूको उपस्थितिमा सभागृह गुञ्जिएको थियो। आयोजकका अनुसार यसपटक पनि करिब सात हजार दर्शक उपस्थित थिए, जुन नेपथ्यको बेलायतमा पाएको सबैभन्दा ठूलो दर्शक उपस्थिति हो।

‘वेम्बलीको प्रस्तुतिले फेरि पनि विश्वका प्रमुख सहरहरूमा हामीलाई नयाँ अवसरहरूको ढोका खोल्नेछ,’ ब्यान्डको व्यवस्थापन गर्दै आएका नेपालयका किरणकृष्ण श्रेष्ठले भने।

मुख्य गायक अमृत गुरुङले पनि हिजोको क्षणलाई जीवनको अर्को उचाइको रूपमा अनुभूत गरे। ‘त्यत्रो ठूलो दर्शकदीर्घाबाट आएको ताली र उत्साहले मलाई फेरि १२ वर्षअघिको क्षणमा पुर्याइदियो,’ उनले भावुक हुँदै भने, ‘म पुनः दर्शकसँग पूर्ण रूपमा एकाकार भएको अनुभव गरिरहेको थिएँ।’

यस पटकको वेम्बली यात्रामा अमृतसँगै ध्रुव लामा (ड्रमसेट), सुविन शाक्य (बेस गितार), नीरज गुरुङ (गितार), शान्ति रायमाझी (मादल) र दिनेशराज रेग्मी (किबोर्ड) मञ्चमा थिए। नेपालबाट १४ सदस्यीय टोली बेलायत पुगेको थियो, जसमा ६ संगीतकार र ८ प्राविधिक तथा व्यवस्थापक समावेश थिए।

वेम्बली एरिनामा कार्यक्रम ‘बीएसके इन्टरटेनमेन्ट’ र ‘पर्चा प्रोडक्सन’को संयोजनमा सम्पन्न भएको हो।
बेलायतभर बसोबास गर्ने एक लाखभन्दा बढी नेपालीहरूलाई लक्षित गर्दै, आयोजकहरूले लन्डनबाहिरका दर्शकलाई पनि सहज सहभागिताको व्यवस्था मिलाएका थिए।

स्थानीय आयोजक टोलीका दीपेन्द्र लामाले भने  ‘यो प्रस्तुति बेलायतमा नेपाली संगीतको अर्को ऐतिहासिक क्षण बन्न पुग्यो,’ ।

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous ArticleRising Crime Among Nepalis in UK Sparks Concern After Two Drug Convictions
Next Article लन्डनमा कुलमान घिसिङको भव्य स्वागत, नेपाली मेलामा विशेष अतिथि

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने

September 1, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

बेलायत सहित ११ देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

June 6, 2024

गोर्खा आन्दोलन: वर्षदिनपछि लन्डनमा प्राविधिक बैठक सम्पन्न

June 12, 2025
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.