लन्डन । यती नेपाली एसोसिएसन यूकेले लन्डनमा यती इन्टरनेशनल नेपाली फिल्म अवार्ड गर्ने भएको छ ।
शुक्रबार राजधानी काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यतीको आयोजना र संगीक्षा फिल्मस इन्टरटेनमेन्ट प्रा। लि। को व्यवस्थापनमा आगामी अगष्ट ३१ मा लन्डनमा ९इन्फा यूके २०२४० अवार्ड गर्ने आयोजकले जानकारी दिए । २०२३ अप्रिल १४ देखि २०२४ जुन २१ सम्म प्रदर्शनमा आएका चलचित्रहरुलाई आधार मानेर उत्कृष्ट ३ छनोट गरिने आयोजक संस्था यतीका अध्यक्ष पिपला देवानले जानकारी दिईन ।
अवार्डका लागि यूके कमिटीमा अध्यक्ष देवानसहित यती पूर्व अध्यक्ष उमेशराज मोक्तान, महासचिव टंक भट्टराई, सचिव आशिषराज पन्त एवं पून्य रेग्मी र पाल्देन लामा छन् भने नेपाल कमिटीमा संगीक्षा फिल्मसको तर्फबाट सुनिल क्षेष्ठ अध्यक्ष, मनोज केसी महासचिव, मोहन श्रेष्ठ सचिव, प्रशान्त कुंवर कोषाध्यक्ष र मनिष कार्की संयोजकका रुपमा छन् ।इभेन्ट संयोजन उमेशराज मोक्तानले गर्ने भएका छन् ।
नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको प्रमुख आतिथ्यमा भएको उक्त पत्रकार सम्मेलनमा वरिष्ठ कलाकारहरु कृष्ण मल्ल, नरेश पौडेल, गायक यम बराल, मलिना जोशी लगायत चलचित्रकर्मीले सफलताको शुभकामना दिए ।
जुरीमा बरिष्ठ कलाकारहरु
इन्फा अवार्ड २०२४ को जुरीमा सुनिल थापा संयोजक, गौरी मल्ल र उज्ज्वल घिमिरे सदस्य छन् ।