लन्डन । यती नेपाली एसोसिएसन यूकेले आगामी २७ सेप्टेम्बर शनिबार फेल्थाममा ‘यती कप फुटबल प्रतियोगिता’ आयोजना गर्ने भएको छ।
साउथ ह्यारोमा पत्रकार सम्मेलनमार्फत स्पोर्टस सेक्रेटरी हरि रेग्मीले ९ ए साइडमा खेलाइने प्रतियोगितामा मेन २४ र भेट्रान १२ टिम सहभागिता गर्ने बताए। विजेताले ३३३३ पाउण्ड पाउनेछ भने अन्य उपाधि विजेताले समेत आकर्षक नगद पुरस्कार प्राप्त गर्नेछन्।
८ वर्षपछि लन्डनमा यती कप
पुरस्कार राशी अहिलेसम्मकै उच्च
प्रतियोगितामा नेपाली खाना, सांस्कृतिक स्टल र लाइभ म्युजिक पनि रहनेछ। अध्यक्ष टंक भट्टराईले यती कपलाई समुदायलाई जोड्ने परम्परा निरन्तरता दिने बताए।
दर्शकलाई प्रवेश निःशुल्क रहने आयोजकले जनाएको छ।