लण्डन । नेपलिज ओपन कन्सर्टमा मंगोलियन हार्ट ब्याण्डका लोकप्रिय गायक राजु लामाले बेलायतमा दर्शकहरूलाई मनोरन्जन दिएका छन् ।
मगर संघ युकेले शनिबार बेलायतको मिडस्टोन केन्ट सो ग्राउण्डमा गरेको नेपलिज ओपन कन्सर्टमा लामाले एक दर्जन गीत गाउँदै गर्दा दशर्कहरु नाच्दै झुमेका थिए । कलाकार लामालाई स्थानीय सिक्का ब्याण्डले लाइभ म्यूजिकमा साथ दियो ।
कार्यत्रममा नेपालबाट आएका कलाकारहरू नेशन पुन, यज्ञ विके, मुना थापामगर, ललिता पुन र प्रेम विवश घर्तीमगरका साथै स्थानीय कलाकारहरूले गाएन र नृत्य प्रस्तुत गरेका थिए ।
नेपाली दुताबास लण्डनका उपनियोग प्रमुख श्रीमती रोशन खनाल प्रमुख अतिथि रहेको सो कार्यक्रममा स्थानीय मेडिस्टोन काउन्सिलका मेयर, गैरआवासीय नेपाली संघका अध्यक्ष प्रेम गाहा, नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्मापहाडी शेर्पा, तमुधिँ युकेका अध्यक्ष हरि गुरुङ, मगर संघ युकेका संरक्षक घनबहादुर थापा, पूर्व अध्यक्षहरूलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरू अतिथिका रूपमा उपस्थित थिए ।
कार्यक्रमको अध्यक्ष अध्यक्ष सीता पुन र संचालन महासचिव गुमानसिंह थापाले गरेका थिए भने साँस्कृतिक संयोजक सरू राना गुरुङले साँस्कृतिक कार्यक्रम चलाउन मिस युके नेपाल सिर्जना गुरुङ, दीपक माइथाने, रूपा राना र नुनु पाइजालाई दिएकी थिइन् ।
तस्बीर: साभार शिव भण्डारी