Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » बालबालिकाको सहयोगार्थ च्यारिटी गर्दै क्याटयूके
ग्लोबल समाचार

बालबालिकाको सहयोगार्थ च्यारिटी गर्दै क्याटयूके

June 16, 2024Updated:June 16, 2024No Comments2 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
बालबालिकाको सहयोगार्थ  च्यारिटी गर्दै क्याटयूके

लन्डन / आफना कुल पृति उतार्ने उदेश्यले भरभराउँदो आगोमाथि मान्छे हिंडेने दृष्य त नेपालमा देखेकै हो , तर यसपाली बेलायतमा पनि नेपालीहलाई आगोमाथि हिंड्ने (फायर वाक ) अवसर प्राप्त हुंदैछ ।

बेलायतको एक च्यारिटी संस्था चितवन एड ट्रष्ट यूके (क्याट यूके) ले लन्डनमा आगोमा हिंड्ने अवसर जुटाउने भएको हो ।

चितवनका असहाय बालबालिकाको सहयोगार्थ आउंदो २८ जुलाई साँझ हुने च्यारिटी डिनर कार्यक्रममो मुख्य आकर्षण आगोमा हुने अयोजक संस्था क्याटयूकेले जनाएको हो ।

आइतबार नर्थ ह्यारोस्थित सरस रेस्टुरेन्टमा एक पत्रकार सम्मेलन गरि कार्यक्रम संयोजक कृष्ण गुरुङले सो अवसरमा सांस्कृतिक कार्यक्रम र चितवनबाट बेलायत आएर समाजमा विशेष योगदान गर्ने ५ जना व्यक्तित्वलाई सम्मान पनि गरिने समेत बताए ।

ब्लु रुम स्पोर्टस् भेन्यू ह्यारोमा हुने कार्यक्रमको प्रवेश शुल्क डिनरसहित ३५ पाउण्ड तोकिएको छ । अण्डर ५ का लागि प्रवेश निशुल्क छ ।

फायर वाक इन्सट्रक्टर समेत रहेका संयोजक गुरुङले डायष्पोरामा फायर वाक अवसर प्रदान गर्न फायर वाक यूके कम्पनीको सहकार्यमा यस्तो इभेन्ट गर्न लागिएको जनाए । उनका अनुसार आउट डोरमा हुने उक्त फायर वाकका लागि ‘हेल्थ एण्ड सेफ्टी’ मापदण्ड पुरा र इन्सुरेन्स समेत गरिएको छ ।

पत्रकार सम्मेलनमा क्याटयूकेका अध्यक्ष कृष्ण तिवारीले बालबालिकाको सहगोगमा हुन लागेको च्यारिटीमा सहभागी भइदिन सबैमा आग्रह गरे । उनले सो अवसरमा नेपालका राष्ट्रियस्तरका कलाकारको समेत प्रस्तुति रहने बताए ।

कार्यक्रममा ट्रष्टी यादव श्रेष्ठले सन् २००४ मा स्थापित चितवन एड ट्रष्ट यूकेले गरेका गतिविधिबारे जानकारी दिएका थिए । उक्त संस्था सन् २०१४, ९ सेप्टेम्बरमा च्यारिटीमा दर्ता भएको थियो ।

कार्यक्रममा वरिष्ठ पत्रकार भगिरथ योगीले संस्थाले विगत दुई दशकदेखि गरेको सामाजिक कार्य प्रशंसनीय रहेको बताउंदै शुभकामना दिए ।

सम्मानको संयोजन गरिरहेका ट्रष्टी टिका पौडेलले यसको क्राइटेरिया र क्षेत्रबारे बताउंदै ५ सदस्यीय छनोट समितिले सम्मानका लागि काम गरिरहेको अवगत गराए ।

पूर्व अध्यक्ष लोक गुरुङले सहभागिताका लागि सबैप्रति धन्यवाद दिंदै क्याट यूके स्थापनाको उद्देश्य र गतिविधिबारे संक्षिप्त रुपमा बताएका थिए ।

पत्रकार सम्मेलनमा ट्रष्टीहरु टिका पौडेल, कृष्ण गुरुङ, यादव श्रेष्ठ, वसन्त श्रेष्ठ, राजु आचार्य, दीपेन्द्र अधिकारी, सल्लाहकार कमल पौडेल लगायतको सहभागिता थियो ।

catuk chitwanaid Firewalk
Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleराजु लामाको ओपन कन्सर्टमा झुमे बेलायतमा दर्शक
Next Article Solar lamp, a boon for rural areas

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

Malaysian Supplier Abused Nepalese Workers – Telegraph

December 8, 2023

Nepal becomes first South Asian country to register same-sex marriage – Sky News

November 30, 2023
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.