Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Thursday, November 6
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » लन्डनमा नेपालमय वातावरण : १६औं नेपाली मेलाले खिच्यो दश हजार भन्दा बढी दर्शक
युके समाचार

लन्डनमा नेपालमय वातावरण : १६औं नेपाली मेलाले खिच्यो दश हजार भन्दा बढी दर्शक

August 25, 2025Updated:August 25, 2025No Comments2 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
लन्डनमा नेपालमय वातावरण : १६औं नेपाली मेलाले खिच्यो दश हजार भन्दा बढी दर्शक

लन्डन। आइतबार लन्डनस्थित केम्पटन पार्क रेसकोर्स नेपाली संस्कृतिको रंगमा रंगिएको थियो। बेलायतमा रहेका ४४ भन्दा बढी नेपाली संघ–संस्थाले प्रस्तुत गरेका झाँकी र नृत्यले स्थललाई ‘मिनी नेपाल’मा बदलिदियो।

नेपालका विभिन्न जातजाति र समुदायले आफ्ना मौलिक भेषभूषा, परम्परा र संस्कृतिको प्रदर्शन गर्दा हजारौं दर्शक मन्त्रमुग्ध बने। तमुहरूको ट्होटे, नेवारहरूको गाइजात्रा (सापारु), धिमे बाजा, लिम्बुहरूको हाक्पारे र धान नाच, किरात राईहरूको साकेला, मगरहरूको कौरा, सारंगा, मारुनी लगायतका नृत्य मेलाका प्रमुख आकर्षण बने।

झाँकीमा परम्परागत उपकरणदेखि धार्मिक–सांस्कृतिक प्रतीक सम्म सजाएर प्रस्तुत गरिएको थियो। पासा पुचः गुथिको ४० सदस्यीय धिमे नाचले विशेष ध्यान खिच्यो भने बालबालिकाद्वारा प्रस्तुत सारंगी–मादल तालले दर्शकको मन जित्यो।

करीब दश हजार भन्दा बढी आगन्तुकले मेलामा नेपाली खानपिन, च्यारिटी र व्यापारिक स्टल (७५ वटा) मा रमाइलो गर्दै सांस्कृतिक कार्यक्रम अवलोकन गरे। कार्यक्रममा बेलायतका नेपाली मात्र नभई विभिन्न देशका कूटनीतिज्ञ तथा दक्षिण–उत्तर कोरियाली प्रतिनिधिहरूसमेत सहभागी थिए।

आयोजक तमुधिं यूकेले आयोजना गरेको १६औं नेपाली मेलामा झाँकी र नृत्य प्रतियोगितासमेत समावेश थियो।

  • झाँकीतर्फ मगर संघ यूके प्रथम, पासा पुचः गुथि यूके दोस्रो र किरात याक्थुङ चुम्लुङ यूके तृतीय भए।

  • नृत्यतर्फ पासा पुचः गुथि यूके प्रथम, तनहुँ समाज यूके दोस्रो र किरात याक्थुङ चुम्लुङ यूके तृतीय बने।

निर्णायक मण्डलमा साहित्यकार, पत्रकार, कलाकार तथा कोरियोग्राफरको सहभागिता थियो।

कार्यक्रमका प्रमुख अतिथि, बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले २००९ देखि सुरु भएको नेपाली मेलाले यूकेमा बस्ने नेपालीको पहिचान र एकतालाई झनै सुदृढ पारेको बताए। उनले बेलायतमा रहेका नेपालीलाई कम्तीमा तीन जना बेलायतीलाई नेपाल भ्रमणमा लैजान आग्रह गर्दै नेपाल आर्थिक समृद्धिको बाटोमा अघि बढिरहेको स्मरण गराए।

‘उज्यालो नेपाल अभियान’का अभियन्ता तथा नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले विदेशमा नेपालीले कला, संस्कृति र भेषभूषासहित आफ्नो पहिचान जोगाइरहेको देख्दा गर्व लागेको बताए। उनले ‘एक पटकको नेपाली सधैं नेपाली’ भन्ने मूल मन्त्र दोहोर्‍याउँदै वंशजको नागरिकताका लागि समर्थन जनाए।

सो अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वलाई सम्मान गरिएको थियो। कार्यक्रममा गण्डकी प्रदेश सांसद बेदप्रसाद गुरुङ, खेलाडी सरिना रानी घले र संगम गुरुङ, कोरियोग्राफर कविता घर्ती मगर गुरुङ, गोर्खा मिडिया लगायतलाई खादा, फेटा र प्रमाणपत्रद्वारा सम्मान गरियो।

मेलाको औपचारिक उद्घाटन मैनबत्ती बालेर गरिएको थियो भने सांस्कृतिक कार्यक्रम नेपाली कलाकारहरूको सहभागितामा सम्पन्न भयो। कार्यक्रममा अतिथिलाई गोर्खा प्यालेस रेष्टुरेन्टले नेपाली परिकार पस्किएको थियो।

१६औं संस्करणसम्म आइपुग्दा लन्डनको नेपाली मेला यूकेमै नेपाली कला, संस्कृति र परम्परा देखाउने सबैभन्दा ठूलो र व्यवस्थित सांस्कृतिक मञ्चका रूपमा स्थापित भएको आयोजक तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले बताए।

NepaliMela TamuDheeUK
Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleपिटरबरोमा भव्य तीज मिलन कार्यक्रम सम्पन्न, नेपाली संस्कृति झल्कियो
Next Article यती कप फुटबल फेल्थाममा हुने

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने

September 1, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

बालबालिकाको सहयोगार्थ च्यारिटी गर्दै क्याटयूके

June 16, 2024

उच्च अदालतले दियो सन्दीपलाई सफाइ , निलम्बन फुकुवा , विश्वकपमा सहभागी हुने

May 15, 2024
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.