Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » १४८२ मतसहित राजेन्द्र पुडासैनी एनआरएनए यूकेको नयाँ अध्यक्षमा विजयी
युके समाचार

१४८२ मतसहित राजेन्द्र पुडासैनी एनआरएनए यूकेको नयाँ अध्यक्षमा विजयी

July 26, 2025Updated:July 26, 2025No Comments2 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
१४८२ मतसहित राजेन्द्र पुडासैनी एनआरएनए यूकेको नयाँ अध्यक्षमा विजयी

लन्डन, जुलाई २६ – गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्ष पदमा राजेन्द्र पुडासैनी निर्वाचित भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा उनले १४८२ मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धीहरूलाई पराजित गरे।

निकटतम प्रतिद्वन्द्वी गोविन्द खरेलले ९७९ मत ल्याए भने तेस्रो उम्मेदवार मनिष खरेलले ४९६ मत प्राप्त गरे।

खुला उपाध्यक्षमा उज्ज्वल कार्कीले १८८४ र डा रक्षा थापाले  १७२७ मत पाएर विजयी भए । शम्भु अर्याल र ज्ञानेन्द्र आलेले  क्रमश: ११९६ र ९६१ मत पाएर उपविजेता बने ।

स्कटल्यान्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा रामप्रसाद कंडेल       १६०८ प्राप्त गर्दै विजयी बने ।  शशी कार्की ११७४ मतसहित उपविजेता बने ।

महासचिवमा विजयी दिवाकर पाण्डेले १६६० मत पाए भने उपविजेता  पुण्य  रेग्मीले १२०१ पाए ।

खुला सचिवमा डिएन खराल १८७९ र कृष्ण देवकोटा २३०९ मतसहित विजयी बने भने भूपाल कार्की १३५६ मतसहित उपविजेता बने ।

आइसीसी सदस्यमा विष्णु खरेल २३२५, तुंगभद्र भुषाल २२०७ र छविलाल अर्याल २०१५ मत ल्याएर विजयी भए । देउमान इजम १८५३ मत ल्याएर उपविजेता बने ।

इंग्ल्यान्ड राज्य परिषद अध्यक्षमा राममाया विष्ट थापाले १०६९ मत पाएर विजयी हुँदा अहिल्या कुंवर ३ सय ४४ मतसहित उपविजेता भए ।

राजेन्द्र पुडासैनी

नुवाकोट जिल्लाको हालको बेलकोटगढी नगरपालिका–८ निवासी पुडासैनी, स्वर्गीय उपेन्द्र पुडासैनी र लोकमाया पुडासैनीका जेठा सुपुत्र हुन्। करिब २५ वर्षअघि अध्ययनका लागि बेलायत आएका उनी विगत १५ वर्षदेखि बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (NHS) मा कार्यरत छन्।

शिक्षामा उच्च उपलब्धि हासिल गरेका पुडासैनीले बेलायतकै एक प्रतिष्ठित विश्वविद्यालयबाट एमबीए र बीएससी अनर्स डिग्री प्राप्त गरेका छन्। नेपालमा विद्यार्थी राजनीतिमा सक्रिय रहँदै उनले सरस्वती बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का अध्यक्षको भूमिका निभाएका थिए।

बेलायतमा बसोबास गर्दै आएका पुडासैनी त्यहाँको ट्रेड युनियन आन्दोलनमा पनि उल्लेखनीय रूपमा सक्रिय छन्। हाल उनी “जीएमबी नेशनल युनियन” अन्तर्गत लन्डन सेन्टर नर्थ शाखाका सचिव छन्।

एनआरएनए यूकेको वर्तमान नेतृत्व सम्हाल्नु अघि उनले यती नेपाली एसोसिएसन यूकेको दुई कार्यकाल महासचिवका रूपमा, प्रवासी नेपाली मञ्च बेलायतको अध्यक्ष तथा विभिन्न संस्थाहरूमा सल्लाहकारका रूपमा योगदान दिइसकेका छन्। साथै, २०२१–२३ का लागि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्मा सदस्य समेत रहेका थिए।

NRNA UK President RajendraPudasaini
Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleबेलायतमा एनआरएनए यूके निर्वाचनका सम्पूर्ण तयारी सकिएको घोषणा, अनलाइन मतदान शनिबारदेखि सुरु हुने
Next Article बेलायतमा बिद्यार्थीका रुपमा आएकाहरुले लिए पिटरबरो नेपाली समाजको नेतृत्व

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने

September 1, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

Viewers go crazy for Miss Nepal as she makes Miss Universe history – Joe UK

February 19, 2024

नेपालका धावक पार्कीले पूरा गरे लन्डन म्याराथन , एक सय पचास भन्दा बढी नेपालीले गरे दौड पुरा

April 21, 2024
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.