Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » थर्ड आईले बेलायतमा तेश्रो नेपाली फिल्म महोत्सव गर्दै
कला

थर्ड आईले बेलायतमा तेश्रो नेपाली फिल्म महोत्सव गर्दै

February 23, 2025No Comments2 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
थर्ड आईले बेलायतमा तेश्रो नेपाली फिल्म महोत्सव गर्दै

लन्डन / नेपाली फिल्म प्रवर्द्धनका लागि बिगतमा दुई पटक सफलतापूर्वक फिल्म महोत्सव सम्पन्न गरिसकेको थर्ड आईले यो वर्ष पनि बेलायतमा तेस्रो नेपाली फिल्म महोत्सव आयोजना गर्ने भएको छ।

आइतबार लन्डनको वोस्टर म्यानरस्थित नेपाल रेष्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाले आउँदो मे महिनाको अन्तिम साता महोत्सव गर्ने घोषणा गरेको हो।

थर्ड आईका संस्थापक तथा निर्देशक विकास देवकोटाले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले यो महोत्सव आयोजना गर्न लागिएको बताए। उनले सन् २०२४ जनवरीदेखि डिसेम्बरसम्म निर्माण भएका चलचित्रहरूबाट उत्कृष्ट पाँच वटा फिल्म छनोट गरी प्रदर्शन गरिने जानकारी गराए।

समापन समारोह ३१ मेमा लन्डनको ग्रीनफोर्ड टाउन हलमा आयोजना गरिने तय गरिएको छ। अन्य स्थान र मितिहरू भने आयोजकले थप जानकारी दिनेछ।

यस पटक नेपालबाट चर्चित तथा नयाँ कलाकार तथा फिल्मकर्मीहरू महोत्सवमा सहभागी हुनेछन् भने बेलायतमै रहेका नेपाली फिल्मकर्मीहरूको पनि उपस्थिति रहनेछ।

फिल्म छनोट नेपालमा गठन गरिएको जुरीले नै गर्ने भएकाले महोत्सव निष्पक्ष र विवादरहित रहने देवकोटाले स्पष्ट पारे। उनले महोत्सवलाई कुनै पनि विकृति तथा मानव तस्करी जस्ता गलत गतिविधिबाट टाढा राख्न आफूहरू सचेत रहेको बताए।

पत्रकार सम्मेलनमा प्रोजेक्ट लिडर ओजेश सिंह र साझेदारी संयोजक तथा समाजसेवी सुनिल खड्काले विदेशमा रहेका नेपालीहरूले आफ्नो कला, संस्कृति, भाषा र साहित्यको प्रवर्द्धन गर्न महोत्सवलाई सफल बनाउन आग्रह गरे।

मिडिया संयोजक प्रजेश श्रेष्ठले फिल्म आवेदन प्रक्रिया खुलिसकेको जानकारी गराउँदै इच्छुकहरूले आउँदो २५ मार्चसम्म FilmFreeway.com तथा FilmFestivalLondon.co.uk मार्फत आवेदन दिन सक्ने बताए।

फिल्म महोत्सव आयोजक समितिमा अनिल बस्नेत, सुवसिंह गुरुङ, रोमियन लिम्बु, प्रशान्त खड्का, रविन भारती लगायत संलग्न छन्।

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleमोडल मिया रेगनको नेपाल अनुभव
Next Article अमेरिकी विदेशी विकास सहायता निलम्बन ; नेपालका परियोजनाहरु प्रभाबित

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने

September 1, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

लण्डनमा नर्थोल्ट१०के सम्पन्न , बैकुण्ठ मानन्धर र हर्क साम्पांग उपस्थित

October 27, 2024

Helicopter Rescues, Motorbike Accidents, Altitude Sickness: How Nepal’s Min Bahadur Bham Overcame the Odds to Shoot Berlin Competition Title ‘Shambhala’ (EXCLUSIVE) – Yahoo Eurosport UK

February 22, 2024
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.