नटिङ्घम । बिलबोरोको सेंट मार्टिन्स केयर होममा आगलागी सुरक्षाका उपायहरू पर्याप्त नभएका कारण बासिन्दा र कर्मचारीहरूको जीवन जोखिममा परेको भन्दै यहाँको अदालतले संलालकलाई कारवाही गरेको छ ।
सेंट मार्टिन्स सञ्चालन गर्ने कम्पनी, रिभाइभ हेल्थ केयर लिमिटेडलाई न्यायाधीशले ूठूलो दुर्घटनाको सम्भावनाू भएको भन्दै १२०,००० पाउण्ड जरिवाना गरेका छन्।
२७ फेब्रुअरी बिहीबार न्यायाधीश माइकल अटीले ४१ वर्षीय अश्विन नेपाललाई नौ महिनाको निलम्बित जेल सजाय सुनाएका हुन् । उनलाई १२ महिनाभित्र १५० घण्टा निःशुल्क श्रम गर्न आदेश दिइएको छ।
कम्पनी र निर्देशक नेपाल दुबै मिलेर २०,००० पाउण्ड भन्दा बढी कानुनी खर्च समेत तिर्नुपर्नेछ। पूर्व कम्पनी निर्देशक अश्विन नेपालले सन् २००५ को रेगुलेटरी रिफर्म (फायर सेफ्टी) अर्डर अन्तर्गतका गल्ती स्वीकार गरेका थिए ।
न्यायाधीश माइकल अटीले भने ” पूर्ण क्षमतामा सेंट मार्टिन्स केयर होममा २१ जना बासिन्दाहरू बस्न सक्छन्, जसमध्ये अधिकांश वृद्ध तथा विभिन्न स्वास्थ्य समस्याले ग्रसित छन्। यदि आगलागी भएको भए, उनीहरू सुरक्षित रूपमा बाहिर निस्कन सक्ने सम्भावना अत्यन्त न्यून थियो।”
नटिङ्घमशायर फायर एण्ड रेस्क्यू सर्भिसका फायर प्रोटेक्शन स्टेशन प्रबन्धक टम क्लार्कले भने ” हाम्रो समुदाय, कामदारहरू र आगन्तुकहरूको सुरक्षालाई सुनिश्चित गर्नु हाम्रो कर्तव्य हो, विशेष गरी केयर होम जस्ता ठाउँमा जहाँ कमजोर बासिन्दाहरू बस्छन्।”
उनले अन्त्यमा भनेस् ” फायर सेफ्टी केवल नियम पालना गर्ने विषय मात्र होइन, यो जीवन र मृत्युको प्रश्न हो। त्यसैले, सुरक्षालाई गम्भीरताका साथ लिने व्यवसायहरूलाई समर्थन गर्न तथा लापरवाही गर्नेहरूलाई जिम्मेवार ठहराउन हाम्रो दायित्व रहन्छ। “