Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » कोइरालाको वेलायत भ्रमणमा आर्थिक चलखेलको आरोप , त्रिपाठी माथि छानविनको माग
युके समाचार

कोइरालाको वेलायत भ्रमणमा आर्थिक चलखेलको आरोप , त्रिपाठी माथि छानविनको माग

January 11, 2025Updated:January 11, 2025No Comments3 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
कोइरालाको वेलायत भ्रमणमा आर्थिक चलखेलको आरोप , त्रिपाठी माथि छानविनको माग

लण्डन । लण्डन । वेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता शेखर कोइराला विवादमा परेका छन् । बेलायतस्थित नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समितिको औपचारिक कार्यक्रममा कोइराला सहभागी नभएर हिडे पछि यहाँस्थित नेपाली कांग्रेस कार्यकर्ता आक्रोसित भएका छन् ।

कोइरालाले शनिवार फेलथाममा पूर्वघोषित कार्यक्रममा उपस्थिति नभएपछि नेपाली जनसम्पर्क समिति वेलायतका सभापति युवराज गुरुङले शनिवार साँझ एक विज्ञप्ति जारी गर्दै कोइरालाको कार्यक्रम बहिस्कार गर्ने चेतावनी दिएका हुन् ।

– राजकुमार त्रिपाठीमाथि चन्दा संकलन गरेको आरोप
– कोइरालाको कार्यक्रम बहिस्कार हुने
– पार्टी भन्दा व्यक्ति बोकेर हिडेको आरोप
– कोइरालाले विपि कोइरालाको मानमर्दन
– वेलायती संसदमा हुने कार्यक्रम व्यक्तिगत

विज्ञप्तिमा ‘व्यक्तिगत पहलमा बेलायतका एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा वाणिज्यको निमन्त्रणामा बेलायत आएका कोइरालाले बेलायतस्थित नेपाली कांग्रेसको सुवेच्छुक संस्था नेपाली जनसम्पर्क समिति वेलायतसँग कुनै समन्वय नगरि, कुनै व्यक्तिको लहटमा लागेर बेलायतका विभिन्न भट्टीमा आयोजना हुने कार्यक्रममा सहभागी हुने तर उहाँकै सुझाव र सल्लाहअनुसार ११ जनवरी, शनिवारका दिन लण्डनस्थित फेलथाममा आयोजित कार्यक्रममा सहभागी नहुने निर्णयप्रति खेद प्रकट गरिन्छ’ भनिएको छ ।

विज्ञप्तिमा ‘जननायक विपी कोइरालाको परिकल्पनामा स्थापित नेपाली जनसम्पर्क समितिले आयोजना गरेको कार्यक्रमलाई कोइरालाले गरेको नजरअन्दाजले महामानव विपी कोइरालाको अपमान र अपहेलना भएको समेत ठहर गरिएको छ ।

बेलायतस्थित नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समितिका पदाधिकारीहरु

लोकतन्त्रमा सबैभन्दा ठूलो पार्टी पद्धति हुन्छ र पार्टीका लागि कार्यकर्ताहरूको प्राथमिकता पार्टी हुनु पर्छ भन्ने मान्यता राखिएको छ। तर कोइरालाले बेलायत जस्तो लोकतान्त्रिक मुलुकमा आएर आफ्नै पार्टीको शुभचिन्तक संस्थाप्रति गरिएको अपमानजनक व्यवहारको घोर निन्दा गरिन्छ’ विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रम बहिस्कार गर्ने चेतावनी

विज्ञप्तिमा ‘१२ जनवरी, आइतवारका दिन लण्डनस्थित प्लम्बस्टेडको एक रेष्टुरेन्टमा नेपाली जनसम्पर्क समितिको नाममा हुने भेला नेपाली जनसम्पर्क समिति बेलायतको आधिकारिक भेला नभएको जानकारी गराइन्छ। नेपाली जनसम्पर्क समिति बेलायतको आधिकारिक कार्यक्रम छोडेर एउटा गुटले आयोजना गर्न लागेको सो भेलामा नेता कोइराला जान लागेको खबरले हामीलाई थप दुःखी बनाएको छ। कार्यक्रममा कोइराला एकपक्षीय रुपमा सहभागी हुँदा विदेशमा समेत गुटप्रवृत्ती मौलाउँदै जाने र नेपालीहरू बीच गहिरो विभाजनको खाडल बढ्ने सम्भावना देखिन्छ। यसले समाजलाई विभाजनतिर डोर्याउने खतरा पनि पैदा गर्न सक्छ। गुटबाजी र पार्टीको अपमान हुने सम्भावना भएकाले उक्त कार्यक्रमको बहिष्कार गरिनुपर्ने कुरा पनि यहाँको ध्यानाकर्षण गराइएको छ’ ।

त्रिपाठी माथि आर्थिक चलखेल गरेको आरोप

जनसम्पर्क समितिको विज्ञप्तिमा ‘कुनै पनि कानूनी, सामाजिक र संस्थागत हैसित प्राप्त नगरेको कथित नागरिक समाजु ले शुक्रवार साँझ साउथह्यारोमा आयोजना गरेको कार्यक्रममा कोइरालाको नाममा ठूलो रुपमा चन्दा संकलन गरिएको भन्ने सुनिएको हुदाँ सो कार्यक्रमको संयोजन गर्ने जनसम्पर्क समितिका पूर्वमहामन्त्री राजकुमार त्रिपाठीमाथि छानविनको दायारामा ल्याउन नेपाली कांग्रेस पार्टी समक्ष अनुरोध गरिएको छ । त्रिपाठीले शुक्रवार साँझ गोल्डेनसिप रेष्टुरेन्टमा प्रमाणपत्र बाढेर चन्दादाताहरुलाई सम्मान गराएका थिए ।

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleनेपाल पत्रकार महासंघ बेलायत शाखाको बिबाद अन्त्य गर्न आग्रह
Next Article डोनाल्ड ट्रम्पद्घारा संयुक्त राज्य अमेरिकाको ४७औं राष्ट्रपति पदको शपथ

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने

September 1, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

‘In this extraordinary Nepalese hotel, the 21st century feels very far away indeed’ – The Telegraph

February 8, 2024

नेपाल पत्रकार महासंघ बेलायत शाखाको बिबाद अन्त्य गर्न आग्रह

January 10, 2025
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.