Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » ‘कश्मीरे गम्छा’मार्फत फेरि चर्चा बटुल्दै गायिका शर्मिला बर्देवा
युके समाचार

‘कश्मीरे गम्छा’मार्फत फेरि चर्चा बटुल्दै गायिका शर्मिला बर्देवा

April 19, 2025Updated:April 19, 2025No Comments2 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
‘कश्मीरे गम्छा’मार्फत फेरि चर्चा बटुल्दै गायिका शर्मिला बर्देवा

तीन दशक लामो सांगीतिक यात्रामा झन्डै १ हजार गीत गाइसकेकी शर्मिलाको नयाँ सिर्जना युट्युबमा सार्वजनिक

दिनेश कुमार , लन्डन – नेपाली आधुनिक संगीतको क्षेत्रमा विशिष्ट स्वर र संवेदनशील प्रस्तुतीकरणका लागि चिनिएकी गायिका शर्मिला बर्देवा फेरि एकपटक नयाँ सिर्जनासहित चर्चा बटुल्दैछिन्। लामो सांगीतिक अनुभव बोकेकी शर्मिला शुक्रबार आफ्नो नयाँ गीत ‘कश्मीरे गम्छा’ लिएर दर्शक–श्रोतामाझ प्रस्तुत भएकी हुन्।

उक्त गीत र म्यूजिक भिडियो गायिका बर्देवाको आफ्नै यूट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। गीतमा शर्मिलासँगै चर्चित गायक डेभिड शंकर को पनि स्वर सुन्न सकिन्छ, जसले गीतलाई झनै आकर्षक बनाएको छ।

गीतमा हालको पुस्ताका चर्चित संगीतकार राजेन्द्र बजगाई को संगीत तथा संगीत संयोजन छ। गीतका मार्मिक शब्दहरू गीतकार डिपी खनाल ले लेखेका हुन्। रेकर्डिङ ‘आफ्नो मन स्टुडियो’ मा गरिएको हो, जहाँ मनोज परियार को मिक्सिङ र मास्टरिङले गीतलाई प्राविधिक दृष्टिकोणले अझ परिष्कृत बनाएको छ।

भिडियो पक्षमा पनि उत्तिकै आकर्षक पक्ष देख्न सकिन्छ। गीतको म्यूजिक भिडियो काठमाडौंका रमणीय स्थानहरूमा छायांकन गरिएको हो। निर्देशन तथा कोरियोग्राफी सियोन श्रेष्ठ ले गरेका छन् भने छायांकन उत्सव दाहाल ले सम्हालेका छन्। भिडियोमा चर्चित मोडल सुधीर श्रेष्ठ र जुनु एसडी को अभिनय तथा नृत्य देख्न सकिन्छ, जसले भिडियोको भावनात्मक गहिराइलाई जीवन्त बनाएको छ।

शर्मिला बर्देवा: एक समर्पित गायिका र सशक्त सांगीतिक यात्राको परिचय

शर्मिला बर्देवा नेपाली संगीत जगतमा एउटा परिचित र सम्मानित नाम हो। उनी पछिल्लो दुई दशकदेखि लन्डन मा बसोबास गर्दै आइरहेकी छिन्। पेशाले नर्स भए पनि उनी सधैं संगीतप्रति समर्पित रहन्छिन्। बेलायतमै हुने विभिन्न सांगीतिक कार्यक्रमहरूमा उनको नियमित प्रस्तुति देख्न सकिन्छ।

शर्मिलाले करिब ३० वर्षको सांगीतिक करिअर मा झन्डै एक हजारभन्दा बढी गीतहरूमा आफ्नो स्वर दिइसकेकी छिन्। आधुनिक गीत, भावनात्मक मेलोडी र सांस्कृतिक सन्देश बोकेका सिर्जनाहरूमा उनको गहिरो पकड छ। केही साता अघि नेपाल गएकी शर्मिलाले त्यहाँ ६ महिनाको बसाइमा ४६ वटा नयाँ गीतहरू रेकर्ड गरिन्। तीमध्ये धेरै गीतहरू अहिले धमाधम सार्वजनिक भइरहेका छन्, जसले उनको सक्रियता र सिर्जनात्मक उचाइलाई पुनः प्रमाणित गरिरहेका छन्।

‘कश्मीरे गम्छा’ शर्मिलाको पछिल्लो सिर्जना मात्र नभई, नेपाली संगीतमा निरन्तरताको प्रतीक पनि हो। नेपाली मौलिकता र आधुनिक संयोजनको संगम भएको यो गीत स्रोता–दर्शकको मनमा बसेको छ।

श्रोताहरूको प्रतिक्रिया अनुसार ‘कश्मीरे गम्छा’ ले नेपाली गीतसंगीतलाई नयाँ स्वाद दिएको छ।

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleएभरेष्टमा यो वर्ष अहिलेसम्मकै भीडभाड हुने
Next Article नेपालमा हिउँ चितुवाको संख्या करिब ४ सय पुगेको अनुमान

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने

September 1, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

Nepal becomes first South Asian country to register same-sex marriage – Sky News

November 30, 2023

Russia has recruited as many as 15,000 Nepalis to fight its war. Many returned traumatized. Some never came back – CNN

February 11, 2024
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.