लण्डन / नेपाली राजदूतावासले नेपाली नागरिकलाई बेलायत भ्रमण नगर्न आह्वान गरेको छ । लण्डन स्थित दूतावासले वर्तमान स्थितिलाई नजिकबाट हेरिरहेको बताउँदै मंगलबार बिज्ञप्तीमार्फत हुलदंगा भएको स्थानमा भ्रमण नगर्न सचेत गराएको हो ।
दूतावासले प्रर्दशनमा भाग नलिन पनि अनुरोध गरेको छ ।साथै दूतावासले स्थानीय निकायले जारी गरेको सूचना र आम संचारबाट प्रेषित सुरक्षा निकाएको अनुरोध पालना गर्न भनेको छ ।
बिज्ञप्तीमा बेलायत स्थित संघ संस्थ्थाहरुलाई नागरिहरुलाई सुरक्षा सर्तकता अपनाउने सम्बन्धमा जानकारी गराउन हुन समेत अनुरोध गरेको छ ।
गत साता साउथपोर्टमा भएको तीन बालिकाको हत्या पछि बेलायतभरी बिभिन्न ठाउँमा हुलदंगा र लुटपाट हुँदै आईरहेको छ ।